×

NEPAL TIMES UPDATES

Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026

आईपीएल : बेंगलोरको लगातार पाँचौ हार

२३ चैत्र २०७५

एजेन्सी, चैत २३
जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गरेपछि रोयल च्यालेन्जर्स बेंगलोर लगातार पाँचौ खेलमा पराजित भएको छ ।

शुक्रबार राती बेंगलोरको घरेलु मैदानमा सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले बेंगलोरलाई ५ विकेटले हराएको हो । २ सय ६ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १९.१ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । विष्फोटक ब्याटिङ गरेका रसेलले १३ बलमा ७ छक्का र १ चौका प्रहार गर्दै ४८ रनमा अविजित रहे । रसेलले १८ औं ओभरमा ३ छक्का प्रहार गर्दै २३ र १९ औं ओभरमा टिम साउदीलाई ४ छक्का र १ चौका प्रहार गर्दै २९ रन बटुलेपछि कोलकताले सहज जित हात पारेको हो ।

Advertisement
Advertisement

 

क्रिस लिनने ३१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४३, सुनिल नरायण १०, रोविन उथप्पा ३३ र नितेश राना ३७ रनमा आउट भए । कप्तान दिनेश कार्तिक १९ रनमा आउट भए । बेंगलोरका लागि नवदीप सैनी र पवन नेगीले समान २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ५ रन बनायो । बेंगलोरलाई विशाल लक्ष्य बनाउन ओपनर विराट कोहलीले ८४ रनको महत्वपूर्ण इनिङ्स खेले । कोहलीले ४९ बलमा ९ चौका र २ छक्का प्रहार गरे ।

 

दोस्रो विकेटका लागि कोहलीले डी भिलियर्ससँग १ सय ८ रनको शतकीय साझेदारी गर्दै बलियो योगफल सम्म पुर्याए । १८ ओभरको पहिलो बलमा कुलदीप यादवले कोहलीलाई आफैं क्याच लिदै साझेदारी तोडे । आक्रमक रुपमा रन जोडेका डी भिलियर्सले ३२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनमा क्याच आउट भए । डी भिलियर्सलाई १९ औं ओभरको पाँचौ बलमा सुनिल नारायणले सुबमन गिलबाटबाट क्याच गराए ।

 

ओपनर कोहलीले पहिलो विकेटका लागि पार्थिव पटेलसँग ७।५ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पटेल २५ रनमा आउट हुँदा मार्कस स्टोइनिसले १३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे । प्रसिद्ध कृष्णलाई स्टोइनिसले अन्तिम ओभरको चौथो बलमा चौका र पाँचौ बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गर्दै फिनिस गर्दै १८ रन जोडेपछि बेंगलोरले २ सय रन कटाउन सफल भएको थियो । कोलकताका लागि कुलदिप यादव,सुनिल नारायण, नितेश रानाले समान १ विकेट लिए ।

Advertisement

बेंगलोर यस अघि चेन्नई,मुम्बई,हैरावाद र राजस्थानसँग पराजित भएको थियो । योसँगै बेंगलोरको अघिल्लो चरण कठिन बनेको छ । कोलकताले हैदरावाद,पन्जावलाई हराउँदा दिल्लीसँग सुपर ओभरमा हारेको थियो । जितसँगै कोलकता ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top