प्रदेश १ मा पनि लगानी सम्मेलन हुने

विराटनगर : मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशमा पनि लगानी सम्मेलन हुने तयारी भईरहेको बताएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशको दोस्रो सधारण सभा उद्घाटन गर्दै उनले हालै काठमाडौँमा सम्पन्न लगानी सम्मेलन जस्तो विना तयारीको नहुने, त्यसका लागि आवश्यक कानुनहरु बनाउनुका साथै लगानीको सहज बातावरण बनाएर मात्र सम्मेलन गर्ने बताए ।

Advertisement

लागानी भित्र्याउन बाटो खोलिँदै
प्रदेश सरकारले लगानी भित्र्याउनका लागि आवश्यक कानुनी बाटो खोल्ने भएको छ । बिहीबार बसेको प्रदेश नम्बर १ को मन्त्री परिषद् बैठकले सार्वजनिक– निजी साझेदारी तथा लगानी प्राधिकरण विधेयक मस्यौदा गर्न सैद्धान्तिक स्वीकृती प्रदान गरेको हो । प्रदेश सरकारले गौरवपुर्ण आयोजनाका रुपमा छान्ने उद्देश्यसहित ठुला परियोजनामा लगानी जुटाउन एक महिनाभित्र लगानी सम्मेलन गर्ने तयारी गरको हो ।

लगानीकर्ताहरुलाई लगानीको वातावरण भएको सुनिश्चित गराउन प्रदेश सरकारले सार्वजनिक– निजी साझेदारी तथा लगानी प्राधिकरण विधेयक मस्यौदा तयार गर्न स्वीकृती प्रदान गरेको जनाईएको छ ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top