सन्दरहरैँचा : सुनसरीको बराहक्षेत्रस्थित प्राचिन हरिद्धार चतराधाममा शनिबारदेखि दोस्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेला सुरु हुँदैछ । आयोजकका अनुसार मेलामा देश– विदेशका गरी एक करोडभन्दा बढी धार्मिक श्रद्धालु तथा भक्तजनको सहभागीता हुने अनुमान गरिएको छ ।कुम्भमेला बैशाख २४ गते एक महिनासम्म सन्चालन हुनेछ ।
कुम्भमेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।मेलाको पर्याप्त सुरक्षा ब्यबस्थाका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसमेत परिचालन गरिने भएको छ । मेला सम्पन्न गर्न प्रदेश सरकारले ५० लाख रुपैँया सहयोग गर्ने निर्णय गरेको आयोजकले बताएको छ ।
धार्मिक एवम् शास्त्रीय प्रमाणका आधारमा महत्वपुर्ण मानिएको कुम्भमेला सञ्चालनका लागि २ करोड रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ । मेलाको पुर्वसन्ध्यामा धरानको पिण्डेश्वर धामबाट कलशयात्रा समेत निकालिएको छ ।
प्रदेश सरकारले आन्तिरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई मेला संयोजकको जिम्मेवारी दिएको छ । कुम्भमेला आयोजनाका लागि नेपालका प्रथम जगत्गुरु बालसन्तको संयोजकत्वमा मुल आयोजक समिती गठन गरिएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।