विराटनगर, माघ ३
लामो समयको रस्साकस्सि पछि सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको छ । मन्त्रि परिषदको आज बसेको बैठकले सातबटै प्रदेशको अस्थायी मुकाम तोकेको हो ।
बुधबार दिउँसो बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए । जस अनुसार सरकारले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकेको छ ।
यसैविच १ नं. प्रदेशको अस्थायी राजधानी विराटनगर तोकिएको भन्दै विराटनगरबासीले खुशि व्यक्त गरेका छन् । विराटनगर–१० का नगरबासी मुकुल दाहालले विराटनगर सवै हिसाबले राजधानी बन्न उपयुक्त भएकाले सरकारले विराटनगरलाईनै अस्थायी राजधानी तोकेकोमा खुशि व्यक्ति गरेका हुन् ।