लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत

२५ चैत ७५, मंगलबार

विराटनगर, चैत २५
लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

Advertisement

जसअनुसार लियो जिल्ला परिषद् ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्वाचित भएका छन् । जिल्ला परिषद ३२५ ए १ को अध्यक्षको रुपमा निर्विरोध निर्वाचित भएका हुन् ।त्यस्तै उपाध्यक्षमा सब्रीन राज गौतम निर्वाचित भएका छन् । त्यस्तै सचिवमा मुकेश पौडेल र कोषाध्यक्षमा डोल्मा श्रेष्ठलाई मनोनीत भएका छन् ।

Advertisement

लायन्स जिल्ला परिषद ३२५ ए १ को गभर्नरमा इन्द्र खत्री राजन, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा टंक श्रेष्ठ तथा द्वितीय भाइस गवर्नरमा रेवत बहादुर कार्की निर्वाचित भएका छन्। नयाँ कार्यकाल अंग्रेजी महिनाको जुलाई १ तारिक बाट लागू हुनेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top