अब आन्तरिक प्रतिस्पर्धाबाट पनि डिएसपीमा बढुवा हुने

काठमाडौं : नेपाल प्रहरीको नायब उपरीक्षक (डिएसपी) पदमा पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ।

Advertisement

गृह मन्त्रालयले अघि बढाएको नयाँ प्रहरी ऐनमा रिक्त पदमध्ये २० प्रतिशत ‘अन्तरसेवा प्रतिस्पर्धा’बाट बढुवा गर्ने प्रावधान राखिएको छ।मन्त्रिपरिषद्मा पेस गर्नुअघि गृह मन्त्रालयले ऐनको मस्यौदा रायका लागि गत साता लोकसेवा आयोगमा पठाएको छ।

करिब आठ महिनापछि कानुन तथा संसदीय मन्त्रालयले ऐनको मस्यौदामा राय दिएको हो । यससँगै मस्यौदालाई अघि बढाउन लागिएको छ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top