×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

पर्यटकीय स्थल सौराहामा आन्तरिक पर्यटकको घुइँचो, विदेशीको संख्या न्यून

२६ चैत्र २०७५

चितवन । विदेशी पर्यटक घट्दै जाँदा यतिबेला आन्तरिक पर्यटकले यहाँको पर्यटकीय क्षेत्र भरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन बढेसँगै यो मौसममा पर्यटकीय महत्व बोकेका ठाउँहरु आन्तरिक पर्यटकले भरिने थालेका छन् ।

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सौराहासँगै पटिहानी, जगतपुर र मेघौलीका होटल आन्तरिक पर्यटकले भरिएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेका अनुसार अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत स्वदेशी रहेका छन् भने ४० प्रतिशत हाराहारी विदेशी रहेका छन् ।

Advertisement
Advertisement

 

सौराहाको कूल क्षमताको ६० प्रतिशत पर्यटकले भरिएको घिमिरेले बताए । गतवर्ष भन्दा यसवर्ष स्वदेशी पर्यटक बढेको उहाँको भनाइ थियो । स्कुले विद्यार्थीको परीक्षा सम्पन्न भएसँगै घुमाउने प्रचलन बढेकै कारण यो मौसममा गतवर्ष भन्दा १० प्रतिशत नेपाली पर्यटक बढेको उनले बताए । विगतमा पनि चैत मसान्तका दिन शतप्रतिशत होटल भरिने उनले बताए । कुनै समय नेपालीलाई पर्यटक नमान्ने यहाँका व्यवसायीको अहिलेको रोजाइँ नेपाली हुने गरेको छ ।

व्यवसायीका अनुसार कोठाको रकममा मूल्य घटाउन जोड गर्ने नेपालीले खानपानमा भने विदेशीको भन्दा धेरै खर्च गर्ने भएपछि होटल व्यवसायीको रोजाइँमा नेपाली पर्न थालेका हुन् ।

घिमिरेका अनुसार नयाँवर्ष नजिकिएका कारण पनि होटल ‘बुकिङ्’ निकै बढ्दै गएको छ । हिमाल चढ्न नेपाल आएका विदेशी पर्यटक पनि यहाँ आउने क्रम जारी छ । कूल विदेशी पर्यटकको ५० प्रतिशत चिनियाँ रहेका छन् भने अन्यमा भारतीय, युरोपियन र अमेरिकन रहेको घिमिरेले बताए ।

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीका अनुसार कतिपय नेपालीको आम्दानी बढेसँगै पारिवारिक घुमफिर गर्ने प्रचलन वर्षेनी बढ्दै गएको छ । जसको प्रभाव प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा परेको व्यवसायीको भनाइ छ । हरेक हप्ताको अन्तिम दिन परिवारसँगै बाहिर खाने, सबैको फुर्सद भएका बेला घुम्न जाने नेपाली प्रचलन बढेसँगै स्कुले बच्चाको बिदाको समय पारेर घुम्न आउने नेपाली बढेको उनले बताए ।

वर्षेनी यो सङ्ख्या बढ्दै गएको भन्दै उहाँले विदेश जानु भन्दा पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकलाई आकर्षीत पार्नुपर्ने उनले बताए । घुमफिरमा कला–संस्कृति, रिति–रिवाज, भौगोलिक अवस्था लगायतको अध्ययन भन्दा खानपिनमा नेपाली बढी रमाउने गरेको सुवेदीले बताए । चितवन आउने पर्यटक जङ्गल सफारीमा बढी केन्द्रित हुने गरेका छन् ।

क्षेत्रीय होटल सङ्घ कसरा सेक्टरका अध्यक्ष गणेश पौडेलले विदेशी पर्यटक घट्दै जाँदा आन्तरिक पर्यटक बढ्दै गएको बताए । सो क्षेत्रमा ३० प्रतिशत हाराहारी आन्तरिक पर्यटक रहेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले आन्तरिक पर्यटक बढ्नेक्रम जारी रहेको बताए । तीन दिनअघि पानी पर्दा समेत सौराहाबाट चल्ने ३२ वटा जीप आन्तरिक र बाह्य पर्यटकले भरिएको भन्दै उनले धेरै नेपाली देखिने गरेको बताए । विगत केही वर्षयता नेपाली घुमफिर गर्ने प्रचलन बढेर गएको ढकालले बताए ।

Advertisement

चितवन र नवलपुर क्षेत्रमा पर्यटकीय होटलको सङ्ख्या १५० वटा रहेका छन् । सौराहा, भरतपुर, पटिहानी, जगतपुर, मेघौलीसँगै नवलपुरको नारायणी छेउमा पर्यटकीय होटल रहेका छन् । पर्यटकीय स्तरका ती होटलमा रु १५ अर्ब भन्दा बढी लगानी भइसकेको छ । नेपाली पर्यटक बढ्दै गएपछि नयाँ ठूला होटलमा लगानी गर्ने क्रम पनि बढ्दो छ । रासस

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top