NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ? शनिबार भदौ २१ , २०८२
सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र शनिबार भदौ २१ , २०८२
भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली शनिबार भदौ २१ , २०८२
युक्रेनमा पश्चिमा सुरक्षा पुटिनलाई मान्य छैन, यस्तो चेतावनी शनिबार भदौ २१ , २०८२
Next
Prev

समाचार

पर्यटकीय स्थल सौराहामा आन्तरिक पर्यटकको घुइँचो, विदेशीको संख्या न्यून

मङ्लबार चैत्र २६ , २०७५
Reading Time: 1 min read
A A
पर्यटकीय स्थल सौराहामा आन्तरिक पर्यटकको घुइँचो, विदेशीको संख्या न्यून
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

चितवन । विदेशी पर्यटक घट्दै जाँदा यतिबेला आन्तरिक पर्यटकले यहाँको पर्यटकीय क्षेत्र भरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन बढेसँगै यो मौसममा पर्यटकीय महत्व बोकेका ठाउँहरु आन्तरिक पर्यटकले भरिने थालेका छन् ।

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सौराहासँगै पटिहानी, जगतपुर र मेघौलीका होटल आन्तरिक पर्यटकले भरिएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेका अनुसार अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत स्वदेशी रहेका छन् भने ४० प्रतिशत हाराहारी विदेशी रहेका छन् ।

LS Auto

सौराहाको कूल क्षमताको ६० प्रतिशत पर्यटकले भरिएको घिमिरेले बताए । गतवर्ष भन्दा यसवर्ष स्वदेशी पर्यटक बढेको उहाँको भनाइ थियो । स्कुले विद्यार्थीको परीक्षा सम्पन्न भएसँगै घुमाउने प्रचलन बढेकै कारण यो मौसममा गतवर्ष भन्दा १० प्रतिशत नेपाली पर्यटक बढेको उनले बताए । विगतमा पनि चैत मसान्तका दिन शतप्रतिशत होटल भरिने उनले बताए । कुनै समय नेपालीलाई पर्यटक नमान्ने यहाँका व्यवसायीको अहिलेको रोजाइँ नेपाली हुने गरेको छ ।

व्यवसायीका अनुसार कोठाको रकममा मूल्य घटाउन जोड गर्ने नेपालीले खानपानमा भने विदेशीको भन्दा धेरै खर्च गर्ने भएपछि होटल व्यवसायीको रोजाइँमा नेपाली पर्न थालेका हुन् ।

घिमिरेका अनुसार नयाँवर्ष नजिकिएका कारण पनि होटल ‘बुकिङ्’ निकै बढ्दै गएको छ । हिमाल चढ्न नेपाल आएका विदेशी पर्यटक पनि यहाँ आउने क्रम जारी छ । कूल विदेशी पर्यटकको ५० प्रतिशत चिनियाँ रहेका छन् भने अन्यमा भारतीय, युरोपियन र अमेरिकन रहेको घिमिरेले बताए ।

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीका अनुसार कतिपय नेपालीको आम्दानी बढेसँगै पारिवारिक घुमफिर गर्ने प्रचलन वर्षेनी बढ्दै गएको छ । जसको प्रभाव प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा परेको व्यवसायीको भनाइ छ । हरेक हप्ताको अन्तिम दिन परिवारसँगै बाहिर खाने, सबैको फुर्सद भएका बेला घुम्न जाने नेपाली प्रचलन बढेसँगै स्कुले बच्चाको बिदाको समय पारेर घुम्न आउने नेपाली बढेको उनले बताए ।

वर्षेनी यो सङ्ख्या बढ्दै गएको भन्दै उहाँले विदेश जानु भन्दा पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकलाई आकर्षीत पार्नुपर्ने उनले बताए । घुमफिरमा कला–संस्कृति, रिति–रिवाज, भौगोलिक अवस्था लगायतको अध्ययन भन्दा खानपिनमा नेपाली बढी रमाउने गरेको सुवेदीले बताए । चितवन आउने पर्यटक जङ्गल सफारीमा बढी केन्द्रित हुने गरेका छन् ।

क्षेत्रीय होटल सङ्घ कसरा सेक्टरका अध्यक्ष गणेश पौडेलले विदेशी पर्यटक घट्दै जाँदा आन्तरिक पर्यटक बढ्दै गएको बताए । सो क्षेत्रमा ३० प्रतिशत हाराहारी आन्तरिक पर्यटक रहेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले आन्तरिक पर्यटक बढ्नेक्रम जारी रहेको बताए । तीन दिनअघि पानी पर्दा समेत सौराहाबाट चल्ने ३२ वटा जीप आन्तरिक र बाह्य पर्यटकले भरिएको भन्दै उनले धेरै नेपाली देखिने गरेको बताए । विगत केही वर्षयता नेपाली घुमफिर गर्ने प्रचलन बढेर गएको ढकालले बताए ।

चितवन र नवलपुर क्षेत्रमा पर्यटकीय होटलको सङ्ख्या १५० वटा रहेका छन् । सौराहा, भरतपुर, पटिहानी, जगतपुर, मेघौलीसँगै नवलपुरको नारायणी छेउमा पर्यटकीय होटल रहेका छन् । पर्यटकीय स्तरका ती होटलमा रु १५ अर्ब भन्दा बढी लगानी भइसकेको छ । नेपाली पर्यटक बढ्दै गएपछि नयाँ ठूला होटलमा लगानी गर्ने क्रम पनि बढ्दो छ । रासस

लोकप्रीय

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२

विचार

थप समाचार

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?
अन्तर्राष्ट्रिय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
ताजा समाचार

भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली

शनिबार भदौ २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.