काठमाडौं । एनसेलले सर्वाेच्च अदालतको आदेश प्रति आपत्ति जनाएको छ । बिहिबार विज्ञप्ति प्रकाशित गर्दै कम्पनीले कानुनी उपचारको बाटो समेत बन्द हुने गरि सर्वाेच्च अदालतबाट आएको फैसलाले नेपालमा वैदेशिक लगानी समेत निरुत्साहित हुने पनि बताएको छ ।
एनसेलले आफ्नो भागमा पर्ने कर तिरिसकेको दावी पनि गरेको छ । एनसेलले पुँजीगत लाभकर तिर्ने दायित्व आफ्नो नभएको दावी पनि गरेको छ र अदालतलाई निर्णय पुनर्विचार गर्न अनुरोध समेत गरेको छ । सर्वाेच्च अदालतको आदेशबारे आफुहरुले अध्ययन गरिरहेको पनि स्पष्ट पारेको छ ।
एनसेलले नाफा फिर्ता लैजान नपाउने आदेश प्रति पनि आपक्ति जनाएको छ । कम्पनीले एक करोड ६३ लाख उपभोक्ता र ९३ हजार ८ सयलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी र सबै भन्दा ठुलो करदाता कम्पनीका रुपमा आर्थिक बर्ष २०१४/१५ देखि १ खर्ब २५ अर्ब ६८ करोड राजश्व बुझाएको जानकारी पनि स्मरण गराएको छ ।