भ्रष्टाचारविरोधी कवि सञ्जेल सम्मानित

३० चैत ७५, आइतबार

विराटनगर, बैशाख १
भ्रष्टाचारविरोधी कविको पहिचान बनाएका प्रेमप्रसाद सञ्जेललाई विराट आदर्श साहित्यिक मञ्च विराटनगरले सम्मान गरेको छ ।विराटनगरमा स्रष्टा र सिर्जना कार्यक्रमको आयोजना गरेर सञ्जेललाई मञ्चले सम्मान गरेको हो ।

भ्रष्टाचारविरोधी राष्ट्रसेवक कर्मचारीका रुपमा आफूलाई उभ्याएका सञ्जेललाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, रमाप्रसाद रिजाल, वरिष्ठ गायक एलपी जोशी, मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । उन श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत पनि हुन् । उनका साहित्य सिर्जना भ्रष्टाचारविरोधी हुने गरेका छन् ।

त्यस्तै मञ्चले स्रष्टा र सिर्जनाको दोस्रो शृंखलाअन्तर्गत मकवानपुरकी कवि अनिता न्यौपाने, झापाका कवि धनकुटे कान्छो र मोरङका कवि रमेशचन्द्र अधिकारीको विशेष प्रस्तुति राखेको थियो । उनीहरू तीनैजनाले तीन–तीन वटा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । सोही समारोहमा मञ्चले एक महिनाअघि आरोहण गुरुकुलमा आयोजना गरेको मुनामदन नाटकमा अभिनय गरेका कलाकारहरूलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

Advertisement

त्यस्तै महेन्द्र मोरङ क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले मञ्चका नयाँ सदस्यहरूलाई सदस्यताको परिचयपत्र वितरण गरे । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटनको वातावरण सिर्जना गर्दै विभिन्न साहित्यिक कार्यक्रम गर्दै आएको मञ्चका अध्यक्ष कट्वाल दीपकले जानकारी दिए । मञ्चले यसअघि पनि स्रष्टा सम्मान, नाटक मञ्चनलगायतका कार्यक्रम गर्दै आएको कटवालले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top