यी १४ वर्षीय बालक, जसले फिर्ता गरे बाटाेमा भेट्टाएको १ लाख रुपैयाँ

काठमाडौ‌ं : सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित एक किशोरले बाटोमा भेट्टाएको १ लाख रुपैयाँ सम्बन्धित धनीलाई फिर्ता गरेका छन्।

Advertisement

उक्त रकम नवलपुर निवासी नथुनी साहको रहेको र उनले शनिबार पैसा फिर्ता पाएका हुन्। नवलपुर चोकस्थित ज्ञानज्योति पुस्तक पसलका सञ्चालक अजय श्रेष्ठका छोरा १४ वर्षीय आर्यनले शुक्रबार दिउँसो रकम भेट्टाएका थिए। भेट्ने बित्तिकै आर्यनले बुबा अजयलाई लगेर दिएका थिए।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय नवलपुरका सइ सूर्य कार्कीसहित स्थानीय भद्रभलाद्मीको रोहवरमा अजय र आर्यन ९बाबुछोरा०ले नथुनीलाई नगद फिर्ता गरेका हुन्।

Advertisement

उक्त भेटिएको रकम नथुनी साहको भएको पुष्टि भएपछि फिर्ता गरिएको प्रहरीले जनाएको छ। नथुनीले आफूले किनेको जग्गाधनीलाई दिन आफन्तसँग तीन लाख रुपैयाँ सापटी लिएर तिर्न जाने क्रममा एक लाखको बण्डल बाटैमा खसालेका थिए।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top