×

NEPAL TIMES UPDATES

Playing
नयाँ खतर नाक हतियार प्रयोग गर्ने इरानी धम्कीले ट्रम्प–नेतन्याहू तना वमा || Nepal Times
Apr 30, 2026
Playing
Top 15 Afternoon News || April-30-2026 || Nepal Times
Apr 30, 2026
Playing
रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने|| Nepal Times
Apr 30, 2026
Playing
गगनले यसरी लिए सिटौलासँग बदला, पूर्णबहादुरले भने अशुभ ! || Nepal Times
Apr 30, 2026
Playing
नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि || Nepal Times
Apr 30, 2026
Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026

स्वस्थ बच्चा जन्माउँदै एचआइभी सङ्क्रमित आमा

२ बैशाख २०७६

बाँके,बैशाख २

सरकारले एचआइभी सङ्क्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम (पिएमटिसिटी) कार्यक्रम लागू गरेपछि स्वस्थ बच्चा जन्माउन थालेका छन् । यसअघि सङ्क्रमित आमाले जन्माएका बच्चामा पनि एचआइभी सङ्क्रमण देखिन्थ्यो भने चिकित्सकहरुले पनि त्यस्ता आमालाई सन्तान नजन्माउन सुझाव दिन्थे ।

Advertisement
Advertisement

‘एचआइभी सङ्क्रमित भएपछि बच्चा नजन्माउन चिकित्सकले सुझाव दिएका थिए तर अहिले भने यो सम्भव भएको छ,’ एक आमाले भनिन्, ‘सन्तान पाउने वर्षैको इच्छा पूरा भएको छ, स्वस्थ बच्चा पाउँदा आफू निकै खुशी भएकी छु ।’ औषधि विज्ञानको नयाँ प्रविधिले फड्को मारेपछि ऊक्त रोगबाट सङ्क्रमित आमाले जन्माउने शिशुलाई पूर्णरुपमा स्वस्थ बनाउने गरेको छ ।

पिएमटिसिटी कार्यक्रम लागू भएपछि एचआइभी सङ्क्रमित आमाहरु स्वस्थ बच्चा जन्माउन थालेपछि खुशी भएका छन् । बाँकेमा गत आर्थिक वर्षदेखि हालसम्मको अवधिमा १७ जना सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएका छन् । गत आवमा १२ र चालू आवमा पाँच जना एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएको भेरी अस्पतालले जनाएको छ ।

‘सङ्क्रमित सबै आमाबाट जन्मेका शिशु पहिलो चरणको जाँचमा स्वस्थ देखिएका छन्,’ भेरी अस्पतालका फिजिसियन तथा एचआइभीका स्रोत व्यक्ति डा सङ्केत रिसालले भने, ‘पहिलो जाँचमा नेगेटिभ देखिएको शिशुमा एचआइभी सङ्क्रमण हुने सम्भावना निकै कम रहन्छ ।’ सङ्क्रमित आमाका लागि अस्पतालमा छुट्टै वार्डसमेत खडा गरिएको छ ।

गर्भवती महिलाको अनिवार्य एचआइभी परीक्षण गरिन्छ । पोजेटिभ पाइएका आमाको शुरुदेखि अन्तिम चरणसम्म निगरानी गरिन्छ । ‘गर्भवती भएका महिलामा एचआइभी सङ्क्रमण भएको पाएपछि निगरानी शुरु गर्छौं , त्यही अनुसारको उपचार व्यवस्था मिलाउँछौं,’ डा. रिसालले भने, ‘सङ्क्रमित भएका केही गर्भवती महिला अझै पनि निगरानीमा छन् । सन्तान नजन्माउँदासम्म निगरानी गरी उपचार गर्छौं ।’

सङ्क्रमित गर्भवती महिलालाई एन्टी रेक्टो भाइरल ट्रिटमेन्ट (एआरटी) औषधि नियमित खुवाइन्छ । त्यसले गर्भवती आमाबाट बच्चामा एचआइभी सार्न रोक्छ । चिकित्सकका अनुसार बच्चा जन्मेपछि प्रोफाइल लेसिस नामक झोल खुवाइन्छ । शिशुको स्वास्थ अवस्था जाँच्न डिएनए पिसीआर गरिन्छ ।

सङ्क्रमित आमाबाट जन्मेका शिशु १८ महिना पुगेपछि फेरि जाँच गरिन्छ । सङ्क्रमित आमाको दूध चुस्दा एचआइभी सर्ने खतरा हुने भएकाले बच्चाका लागि पनि औषधि प्रयोग गरिँदै आएको छ । चिकित्सकका अनुसार गर्भवती आमाबाट जन्मिने शिशुलाई पनि निगरानीमा राखिने गरिएको छ । चिकित्साशास्त्रको आधुनिकीकरणसँगै सङ्क्रमित आमाको सपना पनि पूरा भएको छ । स्वस्थ शिशु जन्माउन पाएकामा उनीहरू खुसीसँगै दङ्ग छन् ।

बाँकेमा एचआइभी सङ्क्रमित भएका शतप्रतिशत गर्भवती महिलाले स्वस्थ बच्चा जन्माएका छन् । यो निकै ठूलो उपलब्धि भएको चिकित्सकको दाबी छ । असुरक्षित यौन सम्पर्कले हुने एचआइभीको सङ्क्रमण गर्भवती आमाबाट सिधै नवजात शिशुमा सर्छ । तर सङ्क्रमित भएको पुष्टि भइसकेका मध्ये निकै कम व्यक्ति उपचारका लागि पुग्ने गरेका कारण जोखिम बढाएको छ ।

सङ्क्रमित गर्भवती महिला नियमित चिकित्सकको सम्पर्कमा रहनुपर्छ । उनीहरूले चिकित्सकले दिएको सुझाव मानेमा स्वस्थ बच्चा जन्माउन सहज हुन्छ । नियमित औषधि प्रयोग नगर्ने आमाबाट सङ्क्रमित बच्चा जन्मिने खतरा रहने गर्छ । बाँकेमा एचआइभी सङ्क्रमण दर बढ्दो छ । सामाजिक बहिष्करणमा पर्ने त्रासका कारण सङ्क्रमित व्यक्तिहरु लुकेरै बस्न बाध्य भएका छन् ।

अस्पतालका अनुसार हालसम्म एक हजार २०० एचआइभी सङ्क्रमित अस्पतालको सम्पर्कमा आएका छन् । तीमध्ये ४४० जनाले नियमित औषधि प्रयोग गर्दै आएका छन् । अझै पनि धेरै सङ्क्रमित सार्वजनिक हुन नचाहेकाले एचआइभी सङ्क्रमणको सङ्ख्या बढी हुने अनुमान गरिएको छ । कामका सिलसिलामा विदेश जाने सर्वसाधारण एचआइभीको बढी जोखिममा पर्ने गरेका छन् ।

घर फर्किंदा रगत परीक्षण नै नगरी सम्पर्क गर्ने गरेका कारण श्रीमतीलाई सजिलै एचआइभी सर्ने गरेको पाइएको छ । गर्भवती आमाको रगत परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पताल र प्राथमिक सेवा केन्द्रमा व्यवस्था मिलाइएको छ भने प्राथमिक सेवा केन्द्र र स्वास्थ्य चौकीमा पनि रगत परीक्षण गरिँदै आएको छ ।

स्वास्थ केन्द्रले सङ्क्रमित गर्भवती महिलालाई अस्पतालमा रिफर गर्दै आएका छन् । स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्कअनुसार सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र राप्तीपारिका क्षेत्र एचआइभी सङ्क्रमणको उच्च जोखिममा छन् । असुरक्षित यौन सम्पर्क र साझा सुई प्रयोग गर्ने दुव्र्यसनी एचआइभी र एड्सबाट सङ्क्रमित हुने गरेका छन् ।

Advertisement

कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जाने र असुरक्षित यौन सम्पर्कमा संलग्न हुने भएकाले युवा एचआइभीको जोखिममा छन् । लागुपदार्थ दुव्र्यसनी र त्यसका प्रयोगकर्ता, यौनकर्मी पनि यसको उच्च जोखिममा छन् । तर परामर्श तथा जाँच केन्द्र स्थापना विस्तारसँगै सङ्क्रमित व्यक्तिको पहिचान हुन थालेपछि यसको संक्रमण बढी देखिएको छ ।–काशीराम शर्मा/रासस

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top