यी हुन् २०७५ मा अख्तियारकाे फन्दामा परेका ठूला भ्रष्टाचारी

यी हुन्  २०७५ मा अख्तियारकाे फन्दामा परेका ठूला भ्रष्टाचारी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो। तर वर्षको अन्त्य-अन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए। यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो।

लोकमानसिंह कार्की प्रवृत्तिबाट जनविश्वास गुमाएको अख्तियारमा घिमिरे प्रमुख आयुक्त भएसँगै आशाको सञ्चार भएको थियो। ठीक त्यति बेलै आयुक्त पाठकले घुस लिएको भिडियो बाहिरियो। नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख घुस लिएको खुलेपछि पाठक राजीनामा दिन बाध्य भए।

अख्तियारले आफ्नै आयुक्त पाठकविरुद्ध मुद्दा दायर ग र्‍यो। यो घटना इतिहासकै नौलो थियो। यता अख्तियारकै प्रहरी सहायक निरीक्षक जन्म अधिकारी पनि १ लाख घुससहित समातिए। अधिकारीविरुद्ध अदालतमा घुस मुद्दा दायर भयो। अख्तियारभित्रकै पदाधिकारी र कर्मचारी भ्रष्टाचार तथा घुसमा मुछिए पनि यो वर्ष अख्तियारको सक्रियता निकै बढ्यो। वर्ष २०७५ मा अख्तियारकाे फन्दामा परेका ठूला भ्रष्टाचारीकाे लिस्ट आजकाे अन्नपूर्ण पाेस्ट दैनिकले छापेकाे छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.