शीर्ष स्थानमा रहेको चेन्नइ सुपर किंग्स ६ विकेटले  पराजित

शीर्ष स्थानमा रहेको चेन्नइ सुपर किंग्स ६ विकेटले  पराजित

एजेन्सी –बैशाख ५, २०७६

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा शीर्ष स्थानमा रहेको चेन्नइ सुपर किंग्स पराजित भएको छ।

बिहिवार भएको खेलमा चेन्नई सनराइजर्स हैदरवादसँग ६ विकेटले  पराजित भएको हो। राजिव गान्धि क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ३३ रनको लक्ष्य हैदरवादले १६ ओभर ५ बलमा ४ वीकेट गुमाएर भेट्टायो। हैदरवादका लागि जोनी बेस्र्टो र डेविड वार्नर अर्धसतकिय इनिङस् खेले।

यो जितसँगै हैदरावाद ८ खेलमा समान ४ मा जित र ४ मा हारका साथ ८ अंक जोड्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । चेन्नई ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ ।

 

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.