नेकपाले टुंगो लगायो ७७ जिल्लाकै नेतृत्व

काठमाडौं, बैशाख ९
पार्टी एकता भएको करिब एक वर्षमा नेकपाले ७७ जिल्लाकै नेतृत्वको छिनोफानो गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएको हो । मुख्य नेतृत्व तय भएपछि जिल्ला कमिटिहरू बन्ने बताइएको छ ।

जिल्लाका अध्यक्ष र सचिवको नाम कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा घोषणा गर्ने बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि उच्च तहमा पनि जिम्मेवारी तोकिएको छैन । पोलिटब्युरोे गठन र भ्रातृसंगठनको एकता छिट्टै घोषणा हुने श्रेष्ठले बताए । सोही समयमा केन्द्रीय सदस्यको कार्य्विभाजन समेत हुने उनले बताए ।

Advertisement

जिल्लाको नेतृत्वमै गाँठो परेको समायोजन विगतको नेतृत्वलाई प्राथमिकता दिने शीर्ष नेताबीचको सैद्धान्तिक सहमतिपछि फुकेको हो । अब पदमा रहेका पनि पार्टीको नेतृत्वमा पुग्नेछन् । यसअघि एकै व्यक्तिले दोहोरो पद पाउने–नपाउने विषयमा विवाद बल्झिएको थियो ।

७७ जिल्लामध्ये पूर्वएमालेले ४५ र पूर्वमाओवादीले ३२ जिल्लाको नेतृत्व लिने पक्का भएको छ । एकको भागमा अध्यक्ष परे अर्कोको भागमा स्वत सचिव पर्ने व्यवस्था गरिएको छ । विगतमा दुवै पार्टीमा जिल्ल अध्यक्ष रहेकालाई नै नेतृत्व दिने पनि सहमति भएको छ ।

Advertisement

नेकपा केन्द्रीय सचिवालयले यसअघि सार्वजनिक पदमा वा अन्य जिम्मेवारीमा रहेकालाई जिल्लाको नेतृत्व नदिने भन्दै सर्कुलर गरेको थियो । सर्कुलरपछि माधव नेपाल पक्षधर नेताहरूले सिद्धान्त तय गर्न दवाव दिँदै आएको थियो । सबै जिल्लामा एकै मापदण्डबाट नेतृत्व तय गर्नेपर्ने नेपाल पक्षको अडान थियो । अब मंसिरभित्र जिल्ला तहको नेतृत्व चयनका लागि अधिवेशन गर्ने शीर्ष नेताहरुबीच सहमति जुटेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top