काठमाण्डौँ, बैशाख ९
तारा एयरको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटना भएको छ । विमान रनवेबाट चिप्लिएको बताइएको छ । लुक्लाबाट रामेछाप आएको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो तर भाग्यवश मानवीय क्षति भने हुन पाएन । 9MKK कल साइनको तारा एयरको विमान आज बिहान करिब ९ बजे अवतरणका क्रममा दुर्घटना भएको थियो ।
१४ यात्रु बोकेको उक्त बिमान दुर्घटना भएपछी अहिले त्यहाँको उडान बन्द गरिएको विमानस्थल कार्यालयले जानकारी दिएका छन् । तारा एयरको ढःपप कल साइनको विमान ल्यान्डिग गर्दा गियरमा समस्या देखिएपछी दुर्घटना भएको जानकारीमा आएको छ ।
