गृहमन्त्रीको पत्रका आधारमै नागरिकता वितरण हुनु गलतः डा. कोइराला

भक्तपुर, बैशाख ९
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले गृहमन्त्रालयको पत्रको भरमा मात्र जथाभावी नागरिकता वितरण गर्नु गलत भएको बताएका छन् । हिजो भक्तपुरमा विसकेट जात्राको अवसरमार नेपाल आदिवासी जनजाति संघद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता डा. कोइरालाले गृहमन्त्रीको पत्रको भरमा मात्रै नागरिकता वितरण हुनु देशको लागि दुर्भाग्य भएको टिप्पणी गरे ।

‘देशको सार्वभौम सत्ता र राष्ट्रियतामै असर पर्ने गरी गृहमन्त्रीको पत्रको भरमा जथाभावी नागरिकता वितरण गर्ने काम भयो । यो देशका लागि दुर्भाग्य हो ।’ उनले भने ।

डा. कोइरालाले नागरिकता वितरण सम्बन्धि कानुन बनाएर नागरिकता वितरण गर्नुपर्नेमा जोड दिए । उनले गृहमन्त्रीको पत्रलाई सर्वोच्च अदालतले समेत सदर गरेर न्यायालय प्रति शंका उत्पन्न गराएको समेत दावि गरे ।

Advertisement

‘न्यायालयले समेत गृहमन्त्रीको पत्रलाई सदर गर्दा हामीलाई न्यायालय प्रति नै शंका उत्पन्न भइरहेको छ ।’ उनले भने–‘नागरिकता वितरण सम्बन्धि कानुन बनाउन कसले रोकेको छ ? गृहमन्त्रीलाई कसले त्यस्तो अधिकार दियो ? प्रश्न गर्ने ठाउँ धेरै छन् ।’

डा. कोइरालाले बर्तमान सरकारका सन्दर्भमा ओली सरकार नितीगत भ्रष्टाचार गर्न उद्यत रहेको आरोप लगाए । एनसेल प्रकरण, वाइडवडी, फोरजी सेवा लगायतमा सरकारले दोषिलाई कारवाही गर्नुको सट्टा संरक्षण गरेको डा. कोइरालाको जिकिर थियो । ‘विश्वमा भ्रष्टाचारको आरोप लागेका पूर्वराष्ट्रपति देखि प्रधानमन्त्री सम्म जेल गएका छन् । यहाँ त सरकारबाटै संरक्षण भइरहेछ ।’ उनले भने ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top