बुधबार सम्म चट्याङ्ग र हावाहुरी सहित सामान्य वर्षा

९ बैशाख ७६, सोमबार
Share this
770shares

काठमाडौँ, बैशाख ९
मुलुकका अधिकाश भुभागमा बुधबार सम्म हावाहुरी, चट्याङ्ग साथै सामान्य वर्षा हुने सक्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएका छन् । मौसम विद्हरुले अनुमान गरे अनुसार दिउँसो र रातिको समयमा मुलुकको पहाडी क्षेत्रमा मेघ गर्जन सहित केही ठाउँमा चट्याङ्ग र हावाहुरी सहित सामान्य वर्षा हुनेछ भने सोमबार, मंगलबार र बुधबार तीनै दिन मौसमको अवस्था त्यस्तै रहनेछ ।

Advertisement

मौसमविद्को अनुसार सोमबार देशको पहाडी क्षेत्रमा मौसममा आंशिक देखि सामान्य फेरबदल भई केही ठाउँमामा वर्षा हुन सक्नेछ भने मंगलबार पूर्वी तथा मध्य क्षेत्रल गायत पश्चिमी पहाडी क्षेत्रमा केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ ।

मुलुकको पहाडी भूभागमा बुधबार पनि आंशिकदेखि सामान्य मौसममा परिवर्तन हुने र केही ठाउँमा मेघ गर्जन सहित चट्याङ्ग, हावाहुरी चल्ने, सामान्य वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top