×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वीरगन्जमा दुई बसमा आगजनी

१० बैशाख २०७६

वीरगन्ज, वैशाख १०
वीरगन्जको बाइपास सडकमा सोमबार राति अज्ञात समुहले दुईवटा बसमा आगजनी गरेको छ । सडक छेउमा रोकेर राखिएका ना ५ ख ३६१४ र ना ५ ख ३६१५ नम्बरका दुई बसमा सोमबार राति साढे ९ बजेतिर अज्ञात समुहले आगजनी गरेका हुन् ।

आगजनीबाट दुवै बस जलेर ध्वस्त भएका छन् । बसमा लगाइएको आगो वीरगन्ज महानगरपालिकाको वारुण यन्त्रको सहयोगमा स्थानीय र प्रहरीले निभाएका थिए । दुवै बस, सर्लाहीको मलंगवा निवासी मनमोहन साहको रहेको प्रहरीले जनाएको छ । बसमा आगजनी गर्नेहरुको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए । उनले आजगनीको घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

Advertisement

Advertisement

प्रहरीका अनुसार, बसधनी साहले बाराको परवानीपुरका श्रवणकुमार साहलाई दुवै बस भाडा चलाउन दिएका थिए । तर, श्रवण कुमारले बसको भाडा लामो समयदेखि नदिएपछि बस धनी साहले दुई महिना पहिले दुवै बस खोसेर बाइपास सडक छेउमा राखेका थिए । यस बारेमा दुवैजना बीच पर्सा जिल्ला अदालतमा मुद्धा पनि चलिरहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top