×

NEPAL TIMES UPDATES

Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026

बम बिस्फोटको चेतावनी दिंदा पनी किन कारवाही हुन सकेन

१० बैशाख २०७६

एजेन्सी, बैशाख १०
जब आइतबार बिहान श्रीलंकाका चर्च र होटलमा शृङ्खलाबद्ध आत्मघाती बम विस्फोट भए । घटनाको खबरले सारा विश्व आश्चर्यचकित र स्तब्ध बन्यो । तर, राजधानी कोलम्बोमै भने यो समाचार सबैका लागि आश्चर्यको विषय थिएन । सरकारका केही अंगहरुलाई हप्तौँ अघिदेखि त्यहाँका चर्च र पर्यटकीय क्षेत्रमा हुने सम्भावित हमलाबारे जानकार थिए ।

भारत र अमेरिकाका गुप्तचर संस्थाले अप्रिल महिनाको शुरुवातदेखि नै सम्भावित आक्रमणको खतराबारे श्रीलंकाका अधिकारीहरुलाई जानकारी दिएका थिए । श्रीलंकाका सुरक्षा अधिकारीहरुले प्राप्त गरेको एक ‘मेमो’ मा त झन् संदिग्धहरुको सूची नै थियो ।

Advertisement

इस्टर पर्व नजिकिँदै गर्दै यी चेतावनीहरु बढ्दै गए । तर, यसले कुनै फरक पारेन । जब आत्मघाती बम हमलावरहरु श्रीलंकाका तीन चर्च र कोलम्बोका तीन लक्जरी होटलमा प्रवेश गरे, उनीहरुलाई कुनै विशेष जाँच गरिएन । धर्मावलम्बीहरुले प्राथनाका लागि आँखा बन्द गरिरहेको बेला र होटलका पाहुनाहरु ब्रेकफास्टका लागि लामबद्ध भइरहेको बेला हमलावरले बम विस्फोट गराए – त्यसको परिणाम भयानक थियो ।

सोमबारसम्म पनि किन चेतावनीका संकेतहरुलाई वेवास्ता गरियो भन्ने कुरा स्पष्ट भएको थिएन । तर, पछिल्लो समय संवैधानिक संकटपछि राजनीतिकरुपमा विभाजित रहेको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले तत्कालिन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई हटाएर आफू अनुकुल प्रधानमन्त्रीलाई नियुक्त गर्ने प्रयास गरेका थिए । सर्वोच्च अदालतको हस्तक्षेपपछि विक्रमासिंघे पुनः प्रधानमन्त्री पदमा बहाली भए पनि सरकार विभाजित रहेको छ । अहिले यही राजनीतिक झगडाले भयानक सुरक्षा चुकका लागि ‘ढोका खुला गर्यो’ भन्ने चिन्ता बढेको छ ।

चेतावनीको शृङ्खला
यो गम्भिर सुरक्षा चुकको शुरुवात दुई हप्ताअघिबाट शुरु भएको देखिन्छ । सरकारका प्रवक्ता रजिथा सेनारत्नेका अनुसार गत अप्रिल ४ मा विदेशी गुप्तचर संस्थाहरुले श्रीलंकाका अधिकारीहरुलाई क्रिस्टियन चर्च र पर्यटकीय क्षेत्रमा सम्भावित आत्मघाती हमलाको योजना बनिरहेको चेतावनी दिएका थिए ।

पाँच दिनपछि अप्रिल ९ मा गृहमन्त्रालयले सम्भावित योजनाबारे प्रहरी प्रमुखलाई जानकारी गरायो र घटनामा नेसन्स थावाहिद जमान (एनटीजे) नाम गरेको समूहको संलग्नता रहेको भनियो । असामान्यरुपमा मेमोमा संदिग्ध व्यक्तिहरुको नाम पनि समावेश थियो ।

अप्रिल ११ मा डेप्युटी इन्सपेक्टर जेनेरल अफ पुलिस प्रियलाल दिसानायकेद्वारा हस्ताक्षरित अर्को एउटा मेमो सुरक्षा अधिकारीहरु तथा सरकारी मन्त्रालयहरुलाई पठाइयो । उक्त मेमोमा सम्भावित हमलाको चेतावनीका साथै संदीग्धहरुको नाम उल्लेख थियो ।

सेनारत्नेका अनुसार विदेशी गुप्तचर संस्थाले घटनाको दिन र केही घण्टाअघिसम्म चेतावनी दोहोर्याइ रहे । ‘एउटा चेतावनी हमलाको १० मिनेटअघि आएको थियो,’ सेनारत्नेले भने, ‘तर, त्यो स्पष्ट थिएन ।’

अर्थमन्त्री हर्श डि सिल्भाका अनुसार ती चेतावनी अमेरिका र छिमेकी भारतबाट आएको थियो । चेतावनीमा के थियो ? उनी भन्छ्न्, ‘केही भयानक हुने वाला छ,’ उनले भने ।

सरकारभित्र द्वन्द्व
यो सबै घटना सन् २०१८ को संवैधानिक संकटको पृष्ठभूमिमा घटेको छ । सिएनएनसँग कुरा गर्दै डि सिल्भाले भने, ‘प्रधानमन्त्रीलाई चेतावनीको विषयमा ‘गुमराह’ मा राखिएको थियो ।’

स्वास्थ्य मन्त्रीसमेत रहेका सेनारत्नेका अनुसार प्रधानमन्त्रीलाई गत डिसेम्बरमा सुरक्षा परिषद्बाट हटाइएको थियो । त्यही भएर उनले गोप्य सुरक्षा ब्रिफिङबारे जानकारी नै पाएनन् ।

घटनापछि पनि सुरक्षा परिषद्का सदस्यहरुले प्रधानमन्त्रीले आह्वान गरेको बैठकमा जान अस्वीकार गरे । सेनारत्ने भन्छन्, ‘सायद विश्वमा श्रीलंका मात्र यस्तो देश होला जहाँ सुरक्षा परिषद्का सदस्य प्रधानमन्त्रीले बोलाउँदा उपस्थित हुँदैनन् ।’

एनटीजेले गरेको भनिएको हमलाबारे सेनारत्ने भन्छन्, ‘यसमा स्थानीय समूह एक्लैले काम गर्यो भन्ने मलाई लाग्दैन । यसमा अन्तर्रा्ष्ट्रिय सञ्जालको हात हुनुपर्छ ।’ रोयटर्सका अनुसार राष्ट्रपति सिरिसेना र सरकारले अन्तर्रा्ष्ट्रिय सञ्जालको हातबारे अनुसन्धान गर्न बाह्य सहयोग पनि लिने बताएका छन् । डि सिल्भाले आइतबारको घटना गुप्तचरको असफलताभन्दा पनि प्राप्त पर्याप्त जानकारी अनुसार प्रतिक्रिया जनाउन नसकेको बताए ।

कट्टरपन्थी इस्लाम समूहमाथि ध्यानकेन्द्रीत
घटना घटाउने समूहको रुपमा प्रस्तुत गरिएको नेसन्स थावाहिद जमान (एनटीजे) ले हालसम्म घटाएको सबैभन्दा ठूलो घटना भनेको बुद्धका मुर्तीहरुको अनुहार भत्काउनु थियो ।

दिल्ली विश्वविद्यालयका आतंकवाद र सुरक्षाविज्ञ सरोज कुमार राथका अनुसार एनटीजेको जन्म भारतको दक्षिणी राज्य तामिल नाडुमा सन् २००० को शुरुवाततिर भएको थियो ।

अब्जर्भर रिसर्च फाउन्डेसनका थिंक ट्यांक मनोज जोशीका अनुसार एनटीजेले यसअघि रक्सी पसलअघि विरोध प्रदर्शन गरेकोसम्म आफूलाई जानकारी भएको बताउँदै यो समूह यसअघि आतंकवादी गतिविधिमा सामेल भएको आफूलाई जानकारी नभएको जिकिर गरे ।

जोशीका अनुसार एनटीजेजस्ता स–साना समूहहरु भारत र दक्षिण एसियामा धेरै छन् । ‘हिंसात्मक गतिविधिको इतिहास नभएको कारण पनि सुरक्षा अधिकारीहरुले यस समूहमाथि खासै ध्यान नदिएको हुनसक्छन्,’ उनी भन्छन् ।

मुख्यधारका इस्लामिक संगठनहरुले श्रीलंकाका अधिकारीहरुलाई एनटीजेको सम्भावित खतराबारे जानकारी गराउने प्रयास गरेको बताउँछन् । तर, के यो समूह यत्रो ठूलो घटना घटाउन सक्षम थियो त भन्ने प्रश्न अझै अनुत्तरित छ ।

ब्रुकिङ्ग्स इन्डियामा विदेश नीति अध्ययन गरिरहेका ध्रुव जयशंकर भन्छन्, ‘अहिले नै कुन समूह यसमा संलग्न छ भनेर अनुमान लगाउन धेरै चाँडो हुनेछ । तर, यसमा ठूला संगठनको हात छैन भन्न पनि सकिँदैन ।’ एनटीजेले मात्र यत्रो ठूलो घटना घटाउन सक्यो भन्नेमा उनी पनि विश्वस्त छैनन् ।

जयशंकरका अनुसार भारत, माल्दिभ्स र बंगलादेशका साथै पाकिस्तान र फिलिपिन्समा आइएसआइएस समर्थित समूहहरु रहेका थिए र श्रीलंकामा भने त्यस्तो गतिविधिको जानकारी थिएन ।

‘तर, यो कुरा स्पष्ट छ – हमलावरहरुको धार्मिक उद्देश्य थियो र विदेशीहरुलाई निशाना बनाउन चाहन्थे । उनीहरु श्रीलंकाको छवि धुमिल पार्न चाहन्थे,’ उनले भने ।हाइप्रोफाइल टार्गेट, आत्मघाती बम र शक्तिशाली बम भएको आइतबारको घटनाको योजना र समन्वयका लागि लामो समयदेखि तयारी भइरहेको थियो ।

Advertisement

श्रीलंकाका अधिकारीहरुले चेतावनीका धेरै संकेतहरुलाई वेवास्ता गरिएको स्वीकार गरिसकेका छन् । अहिले पूरै राष्ट्र आइतबारको रक्तपातमा शोकमग्न छ । उक्त ‘चुक’ को परिणाम अझै कति ठूलो हुनेछ र यसमा देशको राजनीतिक द्वन्द्वले कति योगदान दियो त्यो हेर्न बाँकी नै छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top