बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

१० बैशाख ७६, मंगलबार
Share this
754shares

एजेन्सी, बैशाख १०
भारतमा लोकसभा चुनाव जारी रहँदा बलिउड अभिनेताहरु नेता बन्ने सिलसिलालाई सन्नी देवलले निरन्तरता दिएका छन् । उनी मंगलबार औपचारिकरुपमा भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् ।

Advertisement

दिल्लीमा आयोजिक एक कार्यक्रममा संघीय मन्त्री निर्मला सीतारमन र पियूष गोयलले उनलाई पार्टीमा भित्र्याएका थिए। उनलाई भाजपाले पञ्जाबको गुर्दासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडाउने सम्भावना छ । भाजपाले पञ्जाब–अमृतसर, गुर्दासपुर र होसियारपुरमा उम्मेदवार घोषणा गरेको छैन ।

देवलले गत शुक्रबार पुनेमा भाजपा अध्यक्ष अमित साहसित भेट गरेका थिए। त्यस भेटमा उनले आफूलाई चुनावमा उठाउन आग्रह गरेका थिए । शाह सहमत भएपछि देवल पार्टी प्रवेश गरेको भारतीय मिडियाले जनाएका छन् ।

Advertisement

पञ्जावको लोकसभा चुनावमा भाजपाले शिरोमणी एकाली दलसित गठवन्धन गरेको छ। तीन लोकसभा सिटमध्ये ३ वटामा भाजापा उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top