NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

नेपालीस्याट–१ले डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

मङ्लबार बैशाख १० , २०७६
Reading Time: 1 min read
A A
Advertisement
नेपालको ‘पहिलो स्याटेलाइट’ आज प्रक्षेपण गरिँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

ललितपुर,बैशाख १०

नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महिनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे (प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तरराष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

‘उक्त भूउपग्रह अन्तरिक्षयान पृथ्वीको सतहबाट ४०० किमीको उचाइमा रही अन्तरराष्ट्रिय केन्द्रमा जोडिन सफल भएको छ’, उनले भने, ‘नाष्टले सूचना प्रवाहका लागि निर्माण गर्न लागेको ग्राउन्ड स्टेशनका साथै जापानको ग्राउन्ड स्टेशनबाट संयुक्त रुपमा यस भूउपग्रहले अबको करीब डेढ महिनापछि स्वतन्त्र रुपमा अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नेछ ।’

Advertisement

वैशाख ४ मा अमेरिकाको भर्जीनियास्थित वाल्ओप्सदीप नाशाको रकेट प्रक्षेपण केन्द्रबाट आफ्नो अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रको आपूर्तिका लागि एनजी ११ अन्तर्गत अमेरिकी पूर्वीय दिवा समय अपराह्न ४ः४६ बजे ( वैशाख ५ गते नेपाली समयानुसार बिहान २ः३१ बजे) प्रक्षेपण भएको थियो । सो भूउपग्रहको आकार (१० सेमी गुणा १० सेमी गुणा १० सेमी) रहनाका साथै तौल (१.५ किग्रा) छ । भूउपग्रहका नाम नेपालको नेपालीस्याट–१, श्रीलङ्काको रावन–१ र जापानको यूवुसु राखिएका छन् ।

सो भूउपग्रहबाट प्राप्त तस्वीर वा अन्य तथ्याङ्क व्यावसायिक प्रयोजनका लागि योग्य हुने छैनन् । नाष्टले यो प्रविधि नेपाली जनशक्तिको निर्माणका साथै क्षमता विकास, अन्तर्राष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा उपस्थिति तथा उत्साही युवामा पहुँचका दृष्टिले अघि बढाएको हो । जापानी अन्तरिक्ष अन्वेषण संस्था जाक्सालाई उक्त तीन साना भूउपग्रह निर्माणका लागि नमूना तथा सम्पूर्ण परिश्रण गर्न लगाइएको बताइएको छ ।

नेपाल सरकारले नेपालमा सन् २०१७ देखि उक्त कार्यक्रमको शुरुआत गरेको हो । नेपालले भूउपग्रह निर्माणको काम गर्न सक्दैन भन्ने बुझाइ चिर्दै सकारात्मक सन्देश छाड्न सफल भएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए । ‘वास्तवमा भूउपग्रहले सबै काम गर्छ तर यो न्यानो स्याटलाइटले वातावरण परिवर्तन, शहरी क्षेत्र व्यवस्थापन, जनशक्ति निर्माण, शैक्षिक अध्ययन तथा अनुसन्धानमा जोड पु¥याउने छ’, ढुङ्गेलले भने, ‘संयुक्त राष्ट्र सङ्घले भूउपग्रह निर्माणका लागि नेपालका आभाष मास्के र हरिराम श्रेष्ठलाई छात्रवृत्तिसहितको विभिन्न व्यवस्थापनमा सहयोग गरेर नेपाल विकासमा ठूलो टेवा पु¥याएको छ ।’

नाष्टले ग्राउण्ड स्टेशन निर्माणका लागि १५ दिनभित्र आवश्यक सामग्री पाएमा त्यसको दुईदेखि तीन दिनभित्र सूचना प्रवाह गर्न सक्नेछ । सो भूउपग्रहले एक पटकमा पृथ्वीको परिक्रमा गर्दा ९० मिनेट लगाउँछ । नाष्टको ग्राउण्ड स्टेशनमा दुईदेखि तीन कम्प्युटर जडान गरी सूचना प्रवाह गरिने योजना छ । सो भूउपग्रहले दिनको १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ । सो प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । भूउपग्रहको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुने बताइएको छ ।

हालै प्रक्षेपित भूउपग्रहमा पाँच मेगा पिक्सेलको क्यामरा जडान गरी दुईतर्फी सञ्चार गर्नका लागि लामो दूरीको तार जडान भएको नाष्ट प्रवद्र्धन महाशाखा प्रमुख रमिला रावतले जानकारी दिए । ‘भूउपग्रहमा विद्युतीय प्रवाहको मार्ग निर्माणका लागि गम टाँस्ने परीक्षणको योजना अघि बढाएका छौँ’, रावतले भने, ‘यसमा छ वटा ब्याट्री जडान गरी अनुसन्धानात्मक भूउपग्रह निर्माण गर्न सफल भइएको छ ।’ विश्वमा लगभग ४० हजार न्यानो भूउपग्रह निर्माण भयो भने पूरै पृथ्वीको परीक्षण गर्न सकिने वैज्ञानिकले बताउँदै आएका छन् ।–सुभानु आचार्य /रासस

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.