‘कुटुमा कुटु’को रेकर्ड: बन्यो १० करोड भियुअर्स कमाउने पहिलो नेपाली गीत

१० बैशाख ७६, मंगलबार
Share this
825shares

काठमाडौँ,बैशाख १०
दर्शक श्रोताले अधिक मन पराएको चलचित्र दुई रुपैयाँको गीत ‘कुटुमा कुटुु’ले फेरी अर्को नयाँ रेकर्ड बनाएको छ । सो गीत पहिलो चोटी नेपालको जनसंख्याभन्दा तीन गुणा बढी अर्थात १० करोड भियुअर्स कमाउने नेपाली गीत बनेको छ ।

Advertisement

२०१७ मा रिलिज भएको सो गीत रिलिज भएको २३ महिनामा १० करोड भन्दा धेरैले हेरेका हुन् । गीतमा राजन राज सिवाकोटीको शब्द संगीत र स्वर रहेको छ भने राजनलाई मेलिना राईले साथ दिएकी छिन् ।

गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का सँगै निश्चल बस्नेत, आशिफ शाह र बुद्दी तामाङ फिचर्ड रहेका छन् भने कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top