काठमाडौँ, बैशाख १०
चलचित्र ‘विर विक्रम २’को अफिसियल पोष्टर सार्वजनिक भएको छ । ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ बोलको गीतले राम्रो हाइप निर्माण गरिरहेको अवस्थामा निर्माण टिमले मंगलबार सार्वजनिक गरेको पोस्टरमा फिल्मका चार लिड कलाकार फिचर्ड छन् ।
चलचित्रको पोस्टरमा पल शाह, नाजिर हुसैन, बर्षा शिवाकोटी र बुद्धि तामाङ्ग लाई स्थान दिइएको छ ।मिलन चाम्स निर्देशित सो चलचित्र जेठ ३ देखि प्रदर्शनको तयारीमा छ ।
वीरविक्रमको सफलता पछी निर्माण गरिएको चलचित्र दर्शकले मन पराउनेमा निर्माण पक्ष आशाबादी रहेको छ ।देशभक्त खनाल, विनिशा भण्डारी, मनिष लिम्बु, सन्तोष खनाल लगायतका कलाकारको अभिनय रहेको छ भने रन्जिता सापकोटा सह–निर्माता र अर्पण सापकोटा कार्यकारी निर्माताको रुपमा रहेका छन्। प्रदिप भारद्दाजको कथा रहेको चलचित्रलाई नवराज उप्रेती खिचेका छन्।









