अमेरिकामा अध्ययनरत छात्राले दिइन विराटनगरको विद्यालयलाई ४ लाखको कम्प्युटर

विराटनगर, वैशाख १३
अमेरिकामा अध्ययनरत गरिमा प्रधानले विराटनगर स्थित वडा नम्बर ८ स्थित महेन्द्र माविलाई कम्युटर सहित विभिन्न शैक्षिक सामाग्री प्रदान गरेकी छन् ।

सामाजिक कार्यमा रुची राख्ने प्रधानले एक कार्यक्रमका वीच आज १० थान कम्प्युटर र विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् । विराटनगर महानगरका मेयर भीम पराजुलीको समन्वयमा अमेरिकाबाट आएकी प्रधानले झण्डै ४ लाख मूल्य बराबरको कम्प्युटर साथै शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले सामाजिक मन भएका जो कोहीले सेवा भावका काममा सक्रिय हुदा समाजले उन्नति गर्ने बताए । उनले सामुदायिक विद्यालय सुधार अभियानमा आफु होमिएको र यसका लागि सवैको साथ सहयोगको अपेक्षा रहेको बताए ।

Advertisement

यस्तै सामाजिक अभियानमा सक्रिय प्रधानले अमेरिकामा बसोबास गर्ने सहयोगी मनहरुको सहयोगमा विराटनगरका अझै धेरै विद्यालयहरुमा काम गर्न चाहेको बताइन ।

शिक्षा क्षेत्रको विकासका लागि सहयोग गर्न र सामाजिक कार्य नेपालमै बसेर गर्न समेत इच्छुक रहेको प्रधानले जानकारी दिइन ।कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक चन्द्रप्रसाद साहले विद्यालयमा छिट्टै नै प्राविधिक शिक्षाको अध्ययापन प्रारम्भ गरिने जानकारी दिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top