प्रदेश सरकारले उत्कृष्ट पाँच जना पत्रकारलाई पुरस्कृत गर्ने : मन्त्री कार्की

१३ बैशाख ७६, शनिबार

विराटनगर, वैशाख १३
विराटनगर र प्रदेशस्तरीय फोटो प्रर्दशनी गर्नु पर्ने प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा आज विराटनगरमा नेपाल फोटो पत्रकार महासंघ प्रदेश १ समितिले आयोजना गरेको “वर्तमान अवस्थामा फोटो पत्रकारिताको महत्व विषयक अन्तरक्रियामा मन्त्री कार्कीले प्रर्दशनी गर्नका लागि सरकार आर्थिक, प्राविधिकलगायतका सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए ।

प्रदेश सरकार यस क्षेत्रमा “आर्ट ग्यालरी” स्थापना गर्ने कार्यमा सहयोगको भूमिका निर्वाह गर्ने वताउँदै मन्त्री कार्कीले यसवाट यस क्षेत्रमा स्वदेशी विदेशी पर्यटकको आगमन वृद्धि भै रोजगारी लगायत अन्य क्षेत्रमा टेवा पुग्ने विश्वास बताए ।

मन्त्री कार्कीले प्रदेश सरकारले फोटो पत्रकारितालगायत मर्या्दित, अनुसन्धानात्मक, उत्कृष्ट पत्रकारिता गर्ने ५ जना पत्रकारलाई पुरस्कृत गर्नका लागि महासंघलाई प्रस्ताव लगाउँन आग्रह गर्दै यही वैशाख २४ गते राष्ट्रिय पत्रकार दिवसमा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण निर्णय हुने जानकारी दिए ।
सरकारी सञ्चारमाध्यमलाई वलियो वनाउने दायित्व प्रदेश सरकारको रहेको बताउँदै मन्त्री कार्कीले निजी क्षेत्रको पत्रकारलाई दक्षता प्रदान गर्न आवश्यक सहयोग गर्ने वताए ।
मन्त्री कार्कीले पत्रकारिता पेशा गर्दा आचार संहिता पालन गर्नु पर्नेमा जोड दिदै गलत समाचार सम्प्रेषण भएमा जनतामा नकारात्मक धारणा आउने हुनाले ससंकित भएर कलम चलाउँन आग्रह समेत गरे ।

Advertisement

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पत्रकारिता सम्मानित पेशा भएको वताउँदै यसले “आवाज विहिनहरु”को आवाज वन्नु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइटेलले समाजप्रतिको दायित्व निभाई आचार संहिताको पालना गरि पत्रकारिता गर्न आग्रह गरे ।

Advertisement

महासंघका प्रदेश अध्यक्ष वेदराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा महासंघका मोरङ्ग अध्यक्ष बन्धु पोखरेल, फोटो पत्रकार महासंघका प्रदेश सचिव कमल रिमाल र आमसञ्चारका प्राध्यापक महाप्रसाद खतिवडाले एक हजार शव्द भन्दा एउटा फोटो वोल्ने हुनाले मर्या्दित भएर कार्य गर्नु पर्ने आवश्यक्ता रहेका बताए ।

Advertisement

भर्खरको समाचार

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

सम्बन्धित समाचार

Scroll to Top