विराटनगर, वैशाख १४
प्रदेश नम्बर १ को प्रमुख सचिवमा सरूवा भएर आएका सुरेश अधिकारीले प्रदेश प्रमुख प्रा.डा.गोबिन्दबहादुर तुम्वाहाङसँग शिष्टाचार भेट गरेका छन ।
प्रदेश प्रमुखसँगको भेटघाटमा अधिकारीले आर्थिक सुशासनमा जोड दिएर समग्र प्रदेशको विकासलाई गति दिने बताएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले बताए । प्रदेशको विकासका लागि ४ एजेन्डामा केन्द्रित रहेर काम गर्ने उनको भनाइ थियो ।
प्रदेश सरकारको दृष्टिकोण, नीति र लक्ष्यअनुसार अघि बढ्दै प्रदेश प्रशासनलाई कृयाशिल बनाउने अधिकारीले प्रतिबद्धता जनाएको प्रेस सल्लाहकार रेग्मीले जानकारी दिए ।
