एएफसी यू१९ : नेपालको लगातार तेस्रो हार,अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो

१८ बैशाख ७६, बुधबार

एजेन्सी, बैशाख १८
एएफसी यू–१९ च्याम्पियन्सिपको छनोट चरणमा नेपालले लगातार तेस्रो पराजय भोगेको छ ।नेपाल मंगलबार आयोजक म्यानमारसँग २–१ ले पराजित भएपछि अंकविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Advertisement

म्यानमारस्थित मन्डलाथिरि रंगशालामा नेपालले खेलको पहिलो हाफमा अग्रता लिएको थियो । नेपालका लागि मनीषा राउतले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

तर दोस्रो हाफमा सम्हालिन नसक्दा नेपालले २ गोल खाएको थियो । नेपालका लागि नियमित फरवार्ड रेखा पौडेल चोटका कारण उपस्थित थिइनन् । नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग ११–१ र उज्बेकिस्तानसँग ४–० को हार बेहोरेको थियो ।

Advertisement

समूह ए कै मंगलबार भएको पहिलो खेलमा अष्ट्रेलियाले उज्बेकिस्तानलाई ४–१ ले पराजित गर्दै समूह विजेता बन्दै अन्तिम चरणमा स्थान पक्का गरेको छ भने म्यानमार उपविजेताका रुपमा अन्तिम चरणमा प्रवेश गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top