×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

आईपीएल : बेंगलोरको सुखद अन्त्य, हैदरावादको अघिल्लो चरणको यात्रा कठिन

२२ बैशाख २०७६

एजेन्सी, बैशाख २२
जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले सुखद अन्त्य गरेको छ । शनिबार घरेलु मैदान चिन्नास्वामी स्टेडियममा सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित गर्दै बेंगलोरले सुखद अन्त्य गरेको हो । १ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले १९।२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।
बेंगलोरका लागि युवा खेलाडी शिम्रन हिटमायरले ७५ रनको उत्कृष्ट इनिङ्स खेले । १८ ओभरको चौथो बलमा राशिद खानले विजय शंकरबाट क्याच गराउनु अघि ४७ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । चौथो विकेटका लागि गुरकीरतसिंह मान र हिटमायरले १ सय ४४ रनको कीर्तिमानी साझेदारी गरेपछि हैदरावाद पराजित हुन पुगेको हो । चौथो विकेटका लागि यो आईपीएलकै उच्च साझेदारी हो ।

Advertisement
Advertisement

उत्कृष्ट ब्याटिङ गरेका गुरकीरतसिंह ४८ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६५ रनमा आउट भए । सिंहलाई खलिल अहमदले युसुफ पठानबाट क्याच गराए ।

पहिलो ओभरको तेस्रो बलमै भुवनेश्वकर कुमारले पार्थिव पटेललाई मनिष पान्डेबाट क्याच गराउँदै सुन्यमा पेभिलिएन फर्काए । दोस्रो ओभरको पाँचौ बलमा खलिल अहमदले रिद्धीमान शाहबाट क्याच गराउनु अघि कप्तान विराट कोहलीले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडे । ठिक एक ओभरपछि कुमारले मार्टिन गुप्टिलबाट एवी डि भिलियर्सलाई १ रनमा क्याच आउट गराएका थिए ।हैदरावादका खलिल अहमद ३ र भुवनेश्वर कुमारले २ र राशिद खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो ।हैदरावादका लागि कप्तान केन विलियम्सनले जिम्मेवारीका साथ ब्याटिङ गर्दै ७० रनमा अविजित रहे । अन्तिम ओभरमा विलियम्सनले उमेश यादवलाई समान २ छक्का र चौका साथै भुवनेश्वर कुमारले १ चौका प्रहार गर्दै कुल २८ रन बटुलेपछि हैदरावादले बलियो योगफल तयार पार्न सफल भएको हो ।विलियम्सनले ४३ बलमा ५ चौका र ४ छक्का गरे । विलियम्सन बाहेक हैदरावादका अन्य कुनै पनि ब्याट्सम्यानले जिम्मेवारीका साथ ब्याटिङ गर्न सकेनन् । सर्वाधिक रन बनाउने ओपनर डेविड वार्नर र जोनी बयरस्टो अष्ट्रेलिया फर्किएपछि हैदरावाद ठूलो समस्यामा छ ।

चौथोे ओभरको तेस्रो बलमा रिद्धीमान शाहलाई नन्दीप सैनीले उमेश यादवबाट क्याच गराउँदै २० रनमा पेभिलिएन फर्काए । शाहले ११ बलमा ४ चौका प्रहार गरे । दोस्रो विकेटका रुपमा आठौं ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा मार्टिन गुप्टिल ३० रनमा आउट भए । वाशिन्टन सुन्दरले विराट कोहलीबाट क्याच गराउनु अघि गुप्टिलले २३ बलमा समान २ चौका र छक्का प्रहार गरे । मनिष पान्डे ९ र विजय शंकर २७ रनमा क्याच आउट भए । दुबै खेलाडी ठूलो शट प्रहार गर्ने धुनमा खराव शट खेल्दै आउट भएका थिए ।

१७ ओभरको अन्तिम बलमा मोहम्मद नाबी पनि ठूलो शट खेल्ने धुनमा ४ रनमा क्याच आउट भए । हैदरावादको एक तर्फबाट विकेट गुमि रहँदा अर्को तर्फबाट केन विलियम्सनले रन जोडि रहे । बेंगलोरका वाशिन्टन सुन्दरले ३,नन्दीप सैनीले २,युजवेन्द्र चाहलले १ विकेट लिए ।

Advertisement

योसँगै हैदरावादको अघिल्लो चरण कठिन बनेको छ । आईतबार मुम्बईसँग कोलकता फराकिलो अन्तरले पराजित भए नेट रन रेटमा हैदरावाद र कोलकता मध्य एक टोली प्ले अफ पुग्ने छ । कोलकता विजयी भए हैदरावादको अघिल्लो चरण समाप्त हुने छ । चेन्नई,मुम्बई र दिल्ली प्ले अफमा पुगि सकेका छन् । बेंगलोरले १४ खेलमा ५ मा जित र ८ मा हारका साथ सातौं स्थानमा रहँदै यो संस्करणको आईपीएल अन्त्य गरेको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top