प्रदेश नं. १ को राजधानी विराटनगर दुई तिहाईले पारित

विराटनगर, वैशाख २३
प्रदेश १ को स्थायी राजधानी विराटनगर भएको छ । प्रदेश १ को प्रदेशसभामा सोमबार भएको मतदानपछि विराटनगर राजधानी भएको हो । नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार भण्डारीले राखेको प्रस्तावमा दुईतिहाइ मत विराटनगरको पक्षमा खसेको छ ।

Advertisement

जम्मा ९३ मध्ये ८६ मत विराटनगरलाई राजधानी बनाउने पक्षमा थियो भने विपक्षमा शुन्य मत परेको थियो । प्रदेशको नाम भने टुंगो लागेको छैन । विराट बृहत क्षेत्रको विराटनगर, इटहरी र सुन्दर हरैँचामा कार्यालय रहेनछ भन्ने प्रस्ताव पारित दुई तिहाईले पारित भएको हो । यसअघि विराटनगर र धनकुटालाई सदरमुकामा तोक्न प्रदेशसभामा चारवटा प्रस्ताव दर्ताका भएका थिए । यी सबै प्रस्ताव सोमबार बसेको प्रदेशसभा बैठकमा फिर्ता भएका थिए ।

नेकपाले विराटनगर स्थायी राजधानी, कार्यपालिका व्यवस्थापिका लगायत अन्य संरचना वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहैंचा क्षेत्र आसपासमा रहनेछ भन्ने प्रस्ताव दर्ता गरेको थियो । नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको प्रस्तावमा समर्थक लिलम बस्नेत, राजकुमार ओझा, यशोदा अधिकारी र विजयकुमार विश्वास थिए ।

Advertisement

यसअघि विराटनगरमा आन्दोलनरत पक्ष र प्रदेश सरकार बिच सोमबार भएको वार्तामा कार्यपालिका, व्यवस्थापिकलगायतका सम्पूर्ण संरचनाहरुसहित प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर राख्ने सहमति भएपछि स्थायी राजधानी विराटनगर बन्ने पक्का भएको थियो । सोमबार दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री शेरधन राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने प्रतिवद्धता जनाएसँगै आन्दोलन फिर्ता भएको छ ।

Advertisement

प्रदेश सरकारले छलकपटपूर्ण तरिकाले राजधानी अन्यत्र सार्ने षड्यन्त्र गरेको भन्दै विकेन्द्रीत नगरी विराटनगरलाईनै स्थायी राजधानी तोक्न माग गर्दै आइतबार विराटनगर महानगरपालिकाको अगुवाईमा भएको सर्वपक्षीय बैठकले आन्दोलनमा जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार विहानैदेखि बन्द हड्ताल सहित ठाउँ ठाउँमा प्रदर्शन गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top