×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राजनिति सेवा हो पेसा होइन, आफ्नै आयआर्जनको श्रोत नहुने नेताले भ्रष्टाचार गर्छन् : उद्यमी दुलाल

२६ बैशाख २०७६

विराटनगर, वैशाख २६
पूर्वी नेपालमा जन्मिएर सुनसरीको इटहरीबाट प्राथमिक शिक्षा आर्जन गरेका युवा नेता एवम् युवा उद्यमी सरोज दुलाल राजनिति गर्नेहरुका लागि गतिलो उदाहरण बनेका छन् ।

धरानको महेन्द्र क्याम्पसबाट बि.बि.एस र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सम्मको उच्च शिक्षा हासिल गरेका उनै दुलाल राजनिति गर्ने नेताहरुले चरम भ्रष्टाचार गर्ने गरेको गुनासा एवम् खबरहरु आइरहेकायस्ता आक्षेपबाट आफूमुक्त रहेको दुलाल दावी गर्छन् ।

Advertisement

वाल्यकाल देखि नै विशेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादबाट प्रेरित भएर कक्षा ६ मा अध्ययन गर्दै गर्दा उनी नेपाल विद्यार्थी संघमा आवद्ध भएका थिए । २०४६ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा प्रजातन्त्र प्राप्तिका लागि र ०६२÷०६३ को जनआन्दोलनमा गणतन्त्र प्राप्तिका लागि अग्रपङितमा रहेर आन्दोलनको मोर्चा सम्हालेका दुलाल नेपाल विद्यार्थी संघको जिल्ला कमिटी, अञ्चल कमिटीको नेतृत्व गरिसकेका छन् ।

२०४्र९ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका दुलालले कार्यकारी पदमा नरहेर पनि विभिन्न तह र तप्कामा रहेर युवाहरुका लागि कुशल नेतृत्व प्रदान गरिसकेका छन् । शिक्षित, प्रभावशाली र प्रखर युवा नेताका रुपमा आफूलाई चिनाउन सफल नेता दुलाल राजनितिलाई धेरैले पेशा बनाइरहेका बेला उनी भने राजनितिलाई केवल सेवाको दृष्टिकोणले हेर्दछन् ।

जेसिस, रेडक्रस, लायन्स क्लबलगायत विभिन्न संघ संस्थामा आवद्ध भएर समाजसेवामा पनि सँधै अग्रसर बन्दै आएका दुलाल कृषि क्षेत्रको विकास बिना मुलुक समृद्धिको कल्पनै गर्न नसकिने बताउँछन् । उनी भन्छन् ‘विरोधका लागि विरोध होइन । यहाँ मुलक समृद्धिको कुरा गरिएको छ । सरकारले देशको समृद्धि गर्छु भन्छ तर कुल ग्राहत्थ उत्पादनमा सवैभन्दा बढी कृषि क्षेत्रले योगदान दिएपनि कृषि क्षेत्रलाईनै उपेक्षा गरिँदै आएको छ । देशका सवैभन्दा बढी जनसंख्या कृषिमा आश्रित छ । तर सरकारबाट उपेक्षा छ । अनि कृषि क्षेत्रको विकास बिना कसरी देशको समृद्धि हुन्छ ?’

साहित्यमा पनि विषेश रुची राख्ने युवा नेता तथा उद्यमी दुलालका थुप्रै लेख तथा रचनाहरु प्रकाशित भएका छन् । समाजको तेस्रो आँखाको रुपमा रहेको पत्रकारिता क्षेत्रमा पनि विषेश चासो राखेर उनले केही समय पत्रकारिताको समेत अनुभव बटुलेका छन् । उनले वहु प्रतिभाका धनी व्यक्तित्वका रुपमा आफुलाई स्थापित गरेका छन् ।

सानैदेखि राजनिति गर्ने मान्छेले बेरोजगार नबसी कुनै न कुनै रुपले आम्दानीको श्रोत बनाइनुपर्छ भन्ने सोचाइ राख्ने दुलाल आम्दानीको श्रोत नहुने व्यक्ति राजनितिमा लाग्दा भ्रष्टाचार मौलाउने गरेको बताउँछन् । उनी भन्छन् ‘राजनिति केवल सेवा मात्र हो । यो पेशा होइन । त्यसैले आम्दानीको आफ्नै श्रोत जुटाउनुपर्छ । अन्यथा भ्रष्टाचारको विकल्पै रहँदैन ।’

राजनिति गर्ने व्यक्तिले आय आर्जनको श्रोत जुटाउनै पर्छ र कृषि क्षेत्रको उत्थान विना देशले कोल्टे फेर्दैन भन्ने लागेर दुलाल कृषि उद्यमी समेत बनेर आधुनिक माछापालन व्यवसायसमेत सुरु गरेका छन् । राजनिति गर्ने मान्छेले पेशा व्यवसाय गर्नु हुँदैन भन्ने गलत मान्यता राख्दा देश उभो नलागि भ्रष्टाचार मौलाएको दुलाल बताउँछन् ।

उनी भन्छन् ‘राजनिति गर्नेले रोजगारी, पेशा व्यवसाय गरेको कमै मात्रामा पाइन्छ । राजनितिलाई पेशा बनाउने व्यक्तिले भ्रष्टाचार नगरि हुँदैन किन कि उ सँग आम्दानीको बाटो हुँदैन । अनि भ्रष्टाचार भएपछि देश कसरी उँभो लाग्छ ? जबसम्म राजनिति गर्ने मान्छेले आफ्नै आम्दानीको श्रोत बनाउँदैन तब सम्म भ्रष्टाचार अन्त्य हुनेकुरा कल्पना समेत गर्न सकिँदैन ।’

सानैदेखी राजनितिमा लागेका दुलाल लामो समयदेखी सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राख्ने बताउँदै आएपनी कार्यान्वयन नभएको देखेपछी आफै सो क्षेत्रमा लागेर केही गरौँ भनेर कस्सीएका छन् । नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको विकास र किसानको उन्नति प्रगति बिना देशले कोल्टे नफेर्ने भएको देखेर नेपाली कांग्रेस निकट किसान संघमा आवद्ध उनी उक्त संगठनको केन्द्रीय नेता समेत हुन् ।

किसान संघ मार्फत कृषि क्षेत्रको उत्थान र विकास, आम कृषकको भलाई र कृषकका अधिकारका लागि खरो रुपमा आवाज उठाउँदै आएका उनै दुलाल हाल आफै एक सफल कृषि उद्यमी समेत बनेका छन् । उनले केही वर्ष अघिदेखि मोरङको धनपालथान गाउँपालिका स्थित दादरवैरियामा ठूलो क्षेत्रफलमा माछा फारम सञ्चालन गर्दै आएका छन् । उनले दादरवैरीयामा आधुनिक तवरबाट झण्डै डेढ वर्ष अघि १५ विघा क्षेत्रफलमा माछा पलान व्यवसाय सुरु गरेका हुन् ।

जब सम्म आफै कृषि क्षेत्रमा लागिदैन तब सम्म कृषि क्षेत्र र किसानका लागि केही गर्न सकिँदैन भनेरनै दुलालले आफुसँग भएको सम्पत्तिलाइ सदुपयोग गरेर बैंक मार्फत ऋण लिएर मोरङको धनपालथान गाउँपालिकाको दादरवैरीयामा आधुनिक तवरबाट झण्डै डेढ वर्ष अघि १५ विघा क्षेत्रफलमा माछा पलान व्यवसाय सुरु गरेका हुन् । ‘मैले यो फर्म सञ्चालन नगर्दा पनि हुन्थ्यो’ उनले भने ‘तर, कृषि क्षेत्रको उन्नति, कृषकको आवाज उठाउन र कृषकहरुकै हकहितका लागि लड्नकै लागि फर्म सञ्चालन गरेको हुँ ।’

उच्च शिक्षा हासिल गरेर राजनितिमा पनि सक्रिय दुलालले राम्रो जागिर खाने वा विदेश तिर गएर आनन्दको जिन्दगी विताउन सक्ने भएपनि आफूले त्यस्तो कहिल्यै सोच नबनाएको बरु उल्टै आफुसँग भएको सम्पत्तिको उचित व्यवस्थापन गरेर कृषि क्षेत्रमा केही गरौँ भनेर माछापालन व्यवसाय सुरु गरेको बताए ।

उनी कृषि क्षेत्रमा राजनिति गर्नेहरु र शिक्षित यूवाहरु लागेर पनि आधुनिक तरिकाले व्यवसाय गरी कृषक र राज्यका लागि ठुलो योगदान दिन सक्छन् भन्ने मान्यता राख्दछन् । त्यसैले उनी कृषि क्षेत्रकै लागि चिन्तित देखिन्छन् । यो क्षेत्रका लागि नयाँ योजना बनाउन लागि परेको दुलाल बताउँछन् ।

उनले धनपालथान गाउँपालिका–६ स्थित दादरवैरियामा शुभ सहयात्री प्रा.लि. कृषि फर्म दर्ता गरेर १५ वटा पोखरीमा माछापालन गर्दै आएका छन् । नेपाली कांग्रेस निकट किसान संघको केन्द्रीय पार्षद भइसकेका दुलाल आगामी महाधिवेशनमा सभापतिको दावेदार हुन् । उनले कृषि क्षेत्रमा आधुनिक तबरले काम गर्ने भनेर लागेपनि अनेकौँ समस्या रहेको सुनाए । ‘यस क्षेत्रमा धेरै समस्या छन् ।’ उनले भने ‘त्यहि समस्या समाधानका लागि म सँधै लागि परिरहनेछु ।’

उद्यमी दुलालले हाल आधादर्जन बढीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिएर रोजगारी दिएका छन् । निकट भविष्यमा माछा पोखरी क्षेत्रमै कुखुरा, बाख्रा, बंगुर, हाँसलगायतका पशुपंक्षी पालन थप गर्दै लैजाने योजनामा रहेका उनी मेहनेत गरे यस क्षेत्रबाट पनि प्रर्याप्त आयआर्जन गर्न सकिने बताउँछन् ।

उनले आफ्m्नो कृषि फर्ममा उत्पादन भएका माछा स्थानीय बजारमै विक्रिहुने गरेको पनि जानकारी दिए । माछा पालन गरिएका पोखरीबाट ५ देखि ६ लाख किलो माछा उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । उनले स्वदेशमा उत्पादन भएको माछाको माग बजारमा अत्यधिक भएपनि धान्न नसकिएको बताए ।

नेपालमा ७५ प्रतिशत बढी भारतीय माछाले बजार ओगटिरहेका वेला सरकारले सो क्षेत्रलाई प्रोत्साहन गरेर उत्पादकत्व बृद्धि गर्न नसकेको उनले गुनासो गरे । उनले भने ‘सरकारले यो क्षेत्रलाई प्रोत्साहन गर्न सकेको छैन । यहाँको माछाले मात्र बजारमा माग धान्न सकिएको छैन । यसमा धेरै सम्भावना छ तर, सरकार उदासीन छ ।’

उनले सरकारले माछा पालनका लागि आवश्यक तालिम, सरकारद्धारानै माछाको दाना उत्पादन गर्नुपर्ने, अनुदानको व्यवस्था गर्नुपर्ने र कृषि विमामा दिइने ७५ प्रतिशत अनुदानको दायरा बढाएर शतप्रतिशत पु¥याउनुपर्ने बताए ।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत माछा जोन कार्यक्रम सञ्चालन गरेको भएपनी त्यसको आभाष वास्तवीक लक्षीत कृषकहरु सम्म नपुगेको दुलालको गुनासो छ । सरकाले माछा पालन व्यवसायलाई भुरादेखी दाना सम्ममा सहुलियत दिए माछाको परनिर्भरता न्यूनिकरण हुने उनको भनाई छ ।

समाज परिवर्तनका लागि सानैदेखि राजनितिमा लाग्दै आएका दुलाल वर्तमान राजनिति भने बिग्रँदै गएको बताउँछन् । उनी भन्छन् ‘वर्तमान राजनिति बिग्रिएको छ ।

जुनसुकै पार्टी किन नहोस ? चाकडी, चाप्लुसी, नातावाद र कृपावादले राजनिति क्षेत्र जेलिएको छ । यसले गर्दा नै देश र जनताका लागि केही गरौँ भन्ने सोच बनाएका हामी जस्ता कार्यकर्ता ओझेलमा परे जस्तो पक्कै देखिएको हो ।’

Advertisement

उनले मुलुकमा राजनितिक आन्दोलन सकिएकाले अब आर्थिक आन्दोलनको आवश्यकता रहेको औँल्याएका छन् । किसानको उन्नतिले मात्र देशले कोल्टे फेर्ने भएकाले आफु निरन्तर किसानका पक्षमा उभिने दुलाल बताउँछन् ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top