२७ बैशाख २०७६, विराटनगर
प्रदेश १ सरकारले सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट वनाउनका लागि कआईटी पार्क निर्माण गर्ने भएको छ । विराटनगरमा शुक्रबारबाट सुरु भएको आइटी सम्बन्धि स्टार्टअप एण्ड इनोभेशन दुई दिने मेलाको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट वनाउनका लागि आईटी पार्क निर्माण गर्ने बताएका हुन । सूचना प्रविधिको प्रयोग गरी प्रदेशमा सुशासन कायम गर्नुका साथै स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी क्षेत्रमा ठूलो अवसर सिर्जना गर्ने जानकारी दिए । मुख्यमन्त्री राईले प्रदेश सरकारले आयोजना गर्ने वहुराष्ट्रिय सूचना प्रविधि सम्मेलनका लागि निजी क्षेत्रको सहयोगका लागि आग्रह गर्दै यसको माध्यमवाट प्रदेशको समुचित विकासमा सहयोग पुगी समृद्धि कायम हुने विश्वास पनि व्यक्त गरे । उनले प्रदेशको आधविक योजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको र निती तथा बजेटमा सूचना प्रविधिको प्रयोगमा जोड दिएको उल्लेख गर्दै डिजिटल प्रदेश वनाउने कार्यको शुरुवात आगामी आर्थिक वर्षदेखि शुरु हुने जानकारी दिए ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले रोजगारी, उत्पादनमूलक क्षेत्रमा आगामी वजेट खर्च गर्ने वताउदै सूचना प्रविधिलाई विद्यालयस्तरवाट शिक्षामा जोडि आगामी दश वर्षभित्र प्रदेशवाट कोही विदेशमा श्रम वेच्न जानु नपर्ने अवस्थाको सिजर्ना गर्ने कार्यको थालनीको शुरु गरिसकेको वताए । आइसिटीका अध्यक्ष राजन लम्साल,क्यानका सन्तोष दाहाल,प्रविन कुन्डलिया, निर्मल थापा, हरि अधिकारी,पुसेट कलेजका मनोज साह, प्याव्सनका प्रेमलाल साह र नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेलले उत्तरदक्षिण वाटोको सुविधा, पर्यटन पूर्वाधान निर्माण र जलविद्युत उत्पादनमा ध्यान केन्द्रीत गरेमा रोजगारी र आर्थिक समृद्ध कायम हुने विचार व्यक्त गरे । स्टार्टअप र स्थानीय उद्यमशिलतालाई स्थानीय स्तरमा प्रवद्र्धन गर्नु मेलाको उद्देश्य रहेको छ । मेलामा सूचना प्रविधि सम्वन्धि ४० वटा स्टलमा विभिन्न विषयमा प्रयोगात्मक रुपमा जानकारी प्रदान गर्ने गरिएको छ ।