कुसियतको एनआरएनए युवा संयोजकमा उम्मेदवारी

२७ बैशाख ७६, शनिबार

विराटनगर, वैशाख २८
आगामी मे मा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) को युवा संयोजकमा अमेरीकामा बस्दै आएका सुनसरीका प्रितम कुसियतले उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

आगामी मे महिनाको १८ र १९ तारिखमा हुन गइरहेको एनसीसीको युवा संयोजकमा युवा व्यवसशयी प्रितम कुसियतले उम्मेदवारी दिएका हुन् । लामो समयदेखि प्रविधि व्यवसायमा संलग्न कुसियतले युवा व्यवसायी र युवा टेक्नोक्र्याटलाई एनआरएन अभियानमा संलग्न गराउने र युवा प्राज्ञिक व्यक्तित्वलाई समेत एकाकार गराउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

युवा संयोजकका प्रत्याशी कुसियतले अमेरिकाभरी छरिएर रहेका युवा वर्गमा रहेको प्राज्ञिकता र व्यवसायिकतालाई जोड्न एनआरएनले अभियान थाल्नु पर्ने बताए । कुसियतले भने ‘युवा वर्गको टेक्नोलोजी व्यवसाय र प्राज्ञिक क्षमतालाई विकास र विस्तार गर्नु मेरो प्राथमिकता हुनेछ ।’

Advertisement

उनले अमेरिकी ठुला सुचना प्रविधि उद्योससँगको सहकार्यमा युवा वर्गलाई अगाडि बढाउने बताउँदै उनले भने ‘म विगत एक दशकदेखि आफ्नै सफ्टवेयर कम्पनीमार्फत विलियन डलरका अमेरिकी कम्पनीसँग सहकार्य गरिरहेको छु र यसलाई एनआरएनमार्फत युवा वर्गमा जोडन चाहन्छु ।’

युएसए आइटी कर्पेरेशनका मालिक कुसिएयतले २४ वर्षकै उमेरमा आफ्नो कम्पनी स्थापना गरेका हुन् । उनले धेरै नेपालीलाई रोजगारी दिएका छन् । कुसियत व्यवसायको अलावा नेपाली बिच सामाजिक अभियन्ताको रूपमा समेत स्थापित छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top