कम्युनिष्टको नेतृत्व क्रान्तिकारी माओवादीले गर्ने जिकिर

८ माघ ७४, मंगलबार

उदयपुर, माघ ९
नेकपा(माओवादी क्रान्तिकारी)का नेता सिपी गजुरेलले सबै तहका निर्वाचन सम्पन्न भए पनि राजनीतिक रुपमा नेपाल अझै पनि जटिल राजनीतिक संक्रमणकालमा रहेको बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता गजुरेलले प्रदेश र केन्द्रको सरकार गठन हुन नसकेको तथा सरकार पनि कामचलाउ मात्र भएर अझै पनि बहुमतीय सरकारजस्तै काम गरिरहेको आरोप लगाए ।

विसं २०५२ देखि आफूहरुले बन्दुक उठाउनुको अर्थ गणतन्त्र मात्र प्राप्त गर्नु नभएर जनगणतन्त्रसम्म पुग्नका लागि भए पनि आज केही कम्युनिष्टले सबै लक्ष्य र उद्देश्यलाई वाम गठबन्धनका नाममा दक्षिणपन्थीतर्फ संशोधन गर्दै लगेको विचार व्यक्त गरे ।

Advertisement

“वैचारिक रुपमा नेपाली काँग्रेस २०१५ सालभन्दा अगाडि बढ्न सकेको छैन, नेकपा (एमाले) र माओवादी केन्द्रले सच्चा कम्युनिष्टको नारा दिएर वाम गठबन्धनको नाममा दक्षिणपन्थतर्फ कम्युनिष्ट आन्दोलनलाई लगेका कारण देशमा अझै संघर्ष बाँकी छ”, उनले भने ।

अब कम्युनिष्टको नेतृत्व आफूहरुले गर्ने तर हिजोको जस्तो जनयुद्ध नभई वैचारिक मोर्चा र संघर्षबाट आफूहरुले नेपाली जनतामा दक्षिणपन्थको भण्डाफोर गर्दै नेपाललाई सच्चा समाजवादतर्फ डोर्याउने जिकिर उनले गरे ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top