बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश १ ले दियो एक करोड

विराटनगर, बैशाख ३०

प्रदेश न १ सरकारले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि आज १ करोड रुपैया हस्तान्तरण गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सोमबार प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर पुगेर प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।

गत चैत १९ गते बारा र पर्सा जिल्लामा हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए ।

Scroll to Top