×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-07-2026 || Nepal Times
May 07, 2026
Playing
बालेन सरकारका मन्त्रीहरू सिक्दै अगाडि बढ्दै|| Nepal Times
May 07, 2026
Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026
Playing
आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ? || Nepal Times
May 07, 2026

त्रिवि सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता

२ जेष्ठ २०७६

काठमाडौं, जेठ २
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

’भेटिएका केही तथ्यांकले गम्भीर अनियमितता संकेत गरेका छन्,’ अख्तियार स्रोतले भन्यो, ’प्रारम्भिक छानबिनमा रहेको फाइल तत्काल विस्तृत अनुसन्धानमा गइहाल्छ । थप कागजपत्र हेरेर छानबिन गर्दै छौं ।’ अख्तियार प्रवक्ता प्रदीप कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट केही कागजात अख्तियारले नियन्त्रणमा लिएको जानकारी दिँदै छानबिन चलिरहेको बताए ।

Advertisement
Advertisement

परीक्षामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी संघरसंगठन र राजनीतिक दलका पहुँचवाला नेताहरूका नातागोताको नाम निस्किएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । यस विषयमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । केन्द्रले छानबिन टोली खटाइसकेको छ । ’उजुरीपछि टोली बनाएर खटाएका थियौं,’ केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले भने, ’अख्तियारले फाइलहरू लिएको जानकारी आएको छ, उसको निर्णय कुरेर बसेका छौं ।’ अख्तियारको छानबिन प्रक्रिया र निर्णयपछि केन्द्रले थप निर्णय लिने उनले जनाए ।

त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेललगायत उच्च पदाधिकारीका नातेदार परीक्षामा सफल भएका छन् । त्रिवि पदाधिकारीले आफन्तबाहेक पनि भनसुनका आधारमा थुप्र्रै पहुँचवालाका आफन्तलाई परीक्षामा पास गराएको स्रोतको दाबी छ । कुन पदाधिकारी, कुन विद्यार्थीरकर्मचारीका नेताले कुन प्रतिस्पर्धीलाई पास गराउन सिफारिस गरे भन्ने सूची सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ ।

५० भन्दा बढी प्रतिस्पर्धीलाई पहुँच आधारमा उत्तीर्ण गराइएको उक्त सूचीमा उल्लेख छ । ’पहुँचवाला कर्मचारी, विद्यार्थी नेताका आफन्तलाई पास गराउन सेवा आयोगका पदाधिकारीले नतिजा आउनुअघि नै लिस्ट बोकेर हिँडेका थिए,’ त्रिविस्रोतले भन्यो, ’भागबन्डा आधारमापरीक्षामा अनियमितता गरेर तिनैमध्येकालाई पास गराइयो ।’

उत्तरपुस्तिका परीक्षणमा गडबड गरेर आफूनिकटका व्यक्तिलाई पास गराइएको त्रिविका केही प्राध्यापकले कान्तिपुरसँग बताए । खुला प्रतिस्पर्धाको अन्तर्वार्ता भने बाँकी छ । आयोग अध्यक्ष शर्मा नेकपानिकट हुन् भने प्रमुख कोइराला कांग्रेसनिकट हुन् । उनीहरूको सेटिङमा पूर्वएमाले, कांग्रेस र पूर्वमाओवादीनिकट पदाधिकारी तथा विद्यार्थी संगठनका नेताको सिफारिसमा नतिजा प्रकाशित भएको एक प्रााध्यापकले बताए ।

शर्माको कार्यकाल सकिन दुई महिना मात्र बाँकी छ । उनी एमालेनिकट भएकै आधारमा अवकाशलगत्तै त्रिवि उपकुलपति बन्ने लबिइङ गर्दै हिँडेका छन् । त्यसका लागि पनि नेता कार्यकर्ता खुसी पार्न शर्माले लिस्ट तयार पारेर पहुँचवालालाई जागिर दिन लागिपरेको ती प्राध्यापकको दाबी छ ।

आयोगले विज्ञापन नम्बर १८र२०७३र२०७४ मा विभिन्न पदमा खुला विज्ञापन गरेको थियो । उपप्रशासक, आर्थिक नियन्त्रक, शाखा अधिकृत, लेखा अधिकृत, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, मुख्य कार्यालय सहायक, कार्यालय सहायक, लेखा सहायकलगायत १६ पदमा विज्ञापन गरिएको थियो ।

Advertisement
Advertisement

तीमध्ये शाखा अधिकृत, लेखा अधिकृत कार्यालय सहायक, लेखा सहायकको पदमा अनियमितता गरेर नातेदारलाई पास गराइएको आशंका छ । नतिजा प्रकाशनमा बदमासी गरेको भन्दै प्राध्यापक र विद्यार्थी संघरसंगठनले छानबिन गरी कारबाही गर्न माग गरेका छन् । आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।

भर्खरको समाचार

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

सम्बन्धित खबरहरु

Scroll to Top