आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने

२ जेठ ७६, शुक्रबार

जेठ २ विराटनगर
राष्ट्रिय आदिवासी जनजाति महासंघले यही जेठ ४ गते विराटनगरमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ । राष्ट्रिय आदिवासी जनजाति महासंघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी राष्ट्रिय महाधिवेशन गर्ने जनाएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष चन्द्रसिंह कुलुङले ४४ वटा जातिलाई आदिवासी जनजातिमा सुचिकृत नगरेको भन्दै दुखेसो गरे । उनले आदिवासी जनजातिमा सुचिकृत नभएकाहरु ४४ जाति नै महाधिवेशनमा भेला हुने पनि जानकारी दिए । महाधिवेशनले आदिवासी जनजातिसमबन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनको मापदण्डभित्र रहेका सबै जाति तथा समुदायहरुलाई स्थानीय, प्रदेश र संघ तिनै तहका सरकारमा आदिवासी जनजातिको सुचीमा सुचिकृत गराउनका साथै तिनीहरुको सर्वाङीण विकास कार्यहरुमा समावेशीता, सहभागिता र प्रतिनिधित्व प्रभावकारी रुपमा गराउन ठोस निर्णय गर्ने पनि उहाले जानकारी दिए । खवास, विराट राजवंशी, मुडियारी, राजधामी,कुम्हार, अमात, केवरत, खडिया गडेरी, सोनाहा, खुनाहा, रानथारु, कठरिया, थारु, कुलुङ, याम्फू, लोहोरुङ, आठपहरिया, मेवाहाङ, खालिङ, देवान, वान्त्वा, साम्पाङ, वाहिङ, थुलुङ, नाछिरिङ, चाम्लिङ, जेरुङ, डोने, पुन लगायतका जातिहरुलाई आदिवासी जनजातिमा सुचिकृत नगरिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । कार्यक्रममा बोल्दै राष्ट्रिय आदिवासी जनजाति महासंघका उपाध्यक्ष प्रदिपकुमार विश्वासले सरकारले विभेद गरेको बताए । संघीयताको संरचना अनुसार स्थानीय तहका सरकारहरुसँग समन्वय गरी आदिवासी जनजातिका अधिकारहरु कार्यान्वयन गराउने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्न महाधिवेशनले मार्ग निर्देश गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top