×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

एसिड प्रकरणस् झुक्याएर बिहे, जेठीसँग खटपट कान्छीको ट्याटु

३ जेष्ठ २०७६

काठमाडौं, जेठ ३
राजधानीको कालोपुलमा बुधबार राति एसिड आक्रमणमा परेकी जेनी खड्काको अवस्था चिन्ताजनक छ । दोलखा स्थायी घर भएकी २० वर्षीया खड्का शरीरका विभिन्न भाग जलेको अवस्थामा छटपटाइरहेकी छन् । उनको कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । बुधबार राति कालोपुल सडकमा एसिड आक्रमणमा परेपछि स्थानीयले उनलाई तत्कालै नजिकैको ओम अस्पतालमा पु¥याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कीर्तिपुर लगियो । प्रहरीसमेत उत्ति बेलै आक्रमणकारीको खोजीमा सक्रिय भयो ।

प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिलाई राति साढे १० बजे काँडाघारीबाट पक्राउ ग¥यो । पक्राउ पर्ने व्यक्ति थिए, जेनीकै ३६ वर्षीय श्रीमान् विष्णु भुजेल । जेनीको परिवारका अनुसार १५ वर्षको उमेरमा भुजेलले जेनीलाई झुक्याएर विवाह गरेका थिए । विवाहपछि समेत उनीहरू राजधानीमै डेरा गरी बस्दै आएका थिए । खड्काले १७ वर्षको उमेरमै पहिलो सन्तान जन्माइन् । त्यसलगत्तै भुजेलले खड्कालाई काभ्रेको दाप्चामा रहेको घरमा पु¥याए । त्यसपछि जेनीले पत्तो पाइन्, श्रीमान्को आफू कान्छी श्रीमती हुँ भन्ने ।

Advertisement
Advertisement

जेनीले आफूलाई झुक्याएर बिहे गरेको र घरमा अर्की श्रीमती रहेको जानकारी पाएपछि उनी श्रीमान् छाडेर अलग्गै बस्ने निष्कर्षमा पुगिन् । त्यसलगत्तै उनी आफ्नो माइती फर्किएर आमाको डेरामा बस्दै आएकी थिइन् । एकातिर आफू कम उमेरकी अर्को्तिर घरमा अर्की श्रीमती रहेको थाहा पाएपछि जेनी अलग बस्दै गर्दा समेत भुजेलले फोन गर्ने र धम्क्याउने गरेको जेनीकी आमाले जानकारी दिइन् ।

जेनी कक्षा १० मा अध्ययनरत थिइन् । यस्तै, उनी एक सहकारीमा काम गर्दै आएकी थिइन् । भुजेलले जेनीलाई झुक्याएरै कलिलो उमेरमा भगाएर विवाह गरेको प्रहरीले समेत बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले भुजेलले जेनीलाई झुक्याएरै विवाह गरेको र घरमा अर्की श्रीमती रहेको थाहा पाएपछि उनी माइतीमै बस्दै आएको पारिवारिक स्रोतबाट खुलेको जानकारी दिए ।

यहीबीचमा बुधबार साँझ भुजेलले जेनीलाई भेट्न मन लागेको र केही कुरा गर्ने भन्दै कालोपुल सडकमा बोलाएका थिए । पटक–पटकको आग्रहपछि उनी डेराबाट भुजेललाई भेट्न भन्दै निस्किएकी थिइन् । त्यसको केही बेरमै उनीमाथि श्रीमान्बाटै एसिड आक्रमण भयो ।महानगरीय प्रहरी परिसरका प्रवक्ता बोगटीका अनुसार एसिड आक्रमणमा परी घाइते भएकी जेनीको अवस्था गम्भीर छ । उनको कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, हात, गोडालगायत शरीरका अधिकांश भाग जलेको छ । उनी बोल्न सक्ने अवस्थामासमेत छैनन् ।

एसिड आक्रमणको ‘प्रि प्लान’
जेनीमाथि एसिड आक्रमण गर्ने भुजेलको पूर्वतयारी रहेको प्रहरी अनुसन्धानमा देखिएको छ । भुजेलले काभ्रेको बनेपाबाटै श्रीमतीमाथि एसिड प्रहार गर्ने तयारीसहित एसिड ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बनेपामा मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका भुजेलले एक सुन पसलबाट गोडामा काँडाको खिल निकाल्न भन्दै एसिड मागेको र त्यहीबाट एसिड ल्याएको प्रहरीले जनाएको छ ।

जेठीसँग खटपट, कान्छीको ट्याटु
प्रहरीको नियन्त्रणमा रहेका भुजेलले आफ्नी जेठी श्रीमतीसँग समेत आफ्नो सम्बन्ध राम्रो नभएको र कान्छीसँग सँगै बस्ने आफ्नो रहर समेत पूरा हुन नसकेकाले एसिड आक्रमण गरेको बयान दिएका छन् । भुजेलले प्रहरीलाई आफूले पटक–पटक सँगै बस्न गरेको आग्रह स्वीकार नगरेपछि आक्रमणको निष्कर्षमा पुगेको बयान दिएका छन् । भुजेलले जेनीको तस्बिर अंकित ट्याटुसमेत छातीमा खोपेका छन् ।

के छ कानुनी व्यवस्था ?
१ भदौ २०७५ देखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३ को (२) मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी कारबाही गरिने उल्लेख छ । जसमा अनुहार कुरूप पारिदिएमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिमानाको व्यवस्था छ । यस्तै, अन्य अंगमा एसिड प्रहार गरेर क्षति पुगेको पाइए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ । घटनाको प्रकृति हेरेर दुवै सजाय हुने व्यवस्थासमेत छ ।

Advertisement

यसैगरी, एसिड आक्रमणबाट पीडितको मृत्यु भएमा प्रहार गर्ने विरुद्ध कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने उद्योगमा समेत मुद्दा चल्न सक्नेछ । महानगरीय प्रहरी वृत्त, कमलपोखरीले एसिड आक्रमण गर्ने विष्णु भुजेललाई जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर बयान लिइरहेको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top