×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अस्ट्रेलियामा सम्पन्न चुनावमा सत्तारुढ गठबन्धनको जित

५ जेष्ठ २०७६

अस्ट्रेलियामा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको जित भएको छ । प्रधानमन्त्री स्कट मोरिसन नेतृत्वको कन्जरभेटिभ गठबन्धनले जित हात पारेको हो । मोरिसनले निर्वाचनमा पुनः जित दिलाएकोमा सबै मतदातालाई धन्यवाद दिएका छन् । उनले आफूलाई चमत्कारमा विश्वास भएको भन्दै यो अनुमान पहिले नै गरिसकेको बताए । उनले आफू नेतृत्वको गठबन्धनले करिब बहुमत ल्याएको पनि बताए । अस्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका नेता बिल सर्टनले आफ्नो पराजय स्वीकार गरिसकेका छन् । पार्टी नेताबाट राजीनामा दिने उनको तयारी छन । चुनावको अन्तिम परिणम घोषणा हुन भने बाँकी नै रहेको छ । तर, ७० प्रतिशतभन्दा बढी मतगणना हुँदा गठबन्धनले जित हासिल गरेको हो । बहुमतका लागि अस्ट्रेलियामा ७६ सिट आवश्यक पर्ने हुन्छ । सत्तारुढ गठबन्धन ७४ सिटमा अगाडि देखिएको छ । लेबर पार्टी ६६ सिटमा अगाडि छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top