कर्मचारी भूमाफिया मिलेमतोमा बेचियो मैतीदेवी मन्दिरको जग्गा

काठमाडौं, जेठ ६
गुठीयार र मालपोत कर्मचारीको मिलेमतोमा मैतीदेवी मन्दिरको जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएको पाइएको छ । जसका कारण मन्दिरको जग्गा मासिँदै गएको छ । नवदुर्गामध्येकी एक महत्वपूर्ण शक्तिपीठ मैतीदेवीको नाममा रहेको गुठी तथा निजी गुठीका नाममा रहेका जग्गा गुठीयार तथा भूमाफियाको चलखेलका कारण मासिँदै गएको हो ।

मन्दिरका गुठीयारले जग्गालाई निजी नाममा ल्याई विभिन्न व्यक्तिलाई भोगचलन गर्न दिएको प्रमाण राजधानीले फेला पारेको छ । यसरी मन्दिरको जग्गा व्यक्तिकोमा जानुमा मालपोत कार्यालयको भूमिका शंकास्पद देखिएको छ । ३ भदौ २०५० मा मन्दिरको नाममा लालपुर्जा रहेको कित्ता नम्बर ९४ अन्तर्गत १५ आना २ पैसा जग्गा देवनारा मुनिकारको नामबाट सानुमाया मुनिकारले भोगचलनको अनुमति पाएको देखिन्छ । यद्यपि, मन्दिरको नाममा लालपुर्जा रहेकाले भोगचलनका लागि मन्दिरले स्वीकृति दिनुपर्ने हुन्छ ।

हाल सो कित्ता तीन व्यक्तिका नाममा कित्ताकाट भई गएको मालपोत कार्यालयको तथ्यांकले देखाउँछ । यसरी मन्दिरको नाममा रहेको जग्गा कब्जा गर्न भूमाफिया र मालपोत कर्मचारीको मिलेमतो देखिएको छ । मन्दिर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पाएको मैतीदेवी क्षेत्र प्रबन्ध समितिका तत्कालीन सदस्य सचिव मोहनबहादुर श्रेष्ठले भूमाफियाका कारण मन्दिरको जग्गा मासिँदै गएको र यसमा भूमाफिया र मालपोत कर्मचारीको मिलेमतो रहेको दाबी गरे । आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top