×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

प्रदेश १ सरकार बजेट छलफलमा जुट्यो, २५ प्रतिशतसम्म बजेटको आकार बढाउने तयारी

६ जेष्ठ २०७६

विराटनगर जेठ ६
प्रदेश १ सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक बर्षका लागि २५ प्रतिशत वजेटको आकारमा बृद्धि गरी सरकारले बजेट ल्याउने तयारी गरेको छ । बजेटको तयारीका लागि प्रदेश योजना आयोगले प्रदेशको भौगोलिक, जनसांख्यिक, आर्थिक क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, वातावरणीय अवस्था, दिगो विकास लक्ष्यलगायतमा प्रदेशको अवस्था समेटेर प्रदेशको वस्तुस्थिति विवरण तयार गरिसकेको छ । त्यसकै आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेटको तयारी थालेको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता हरिहर पौडेलले जानकारी दिए ।

बजेट तयार गर्नका लागि प्रदेश योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बनेको श्रोत अनुमान समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको श्रोत, कार्यक्रम, चालु आर्थिक वर्षको खर्च र बचतलगायतको विवरण तयार पार्नका लागि मन्त्रालयहरुलाई आग्रह गरेको छ। प्रवक्ता पौडेलका अनुसार मन्त्रालयहरुबाट चालु आर्थिक वर्षको बजेट खर्च र बचत हुने रकम छिटै टुंगो लगाउन आग्रह गरिसकेको जानकारी दिए । यसले प्रदेशको चालु आर्थिक वर्षको बजेटबाट बचत हुने रकम टुंगो लाग्ने र आगामी आर्थिक वर्षको बजेटको सिलिङ तय गर्ने तयारी मन्त्रालयको छ। ‘आर्थिक मामिला मन्त्रालयले वजेटको तयारीको कामलाई तिव्रता दिएको छ,प्रवक्ता पौडेलले भने‘ वजेटको तयारीको लागि शुक्रबारसम्ममा वजेटको सिलिङ तय हुनेछ ,त्यसपछि वजेट बाडफाँडको प्रकृया अगाडी बढने छ’। उनले आन्तरिक राजस्व तर्फको अनुमान लक्ष्य अनुरुप प्रदेश सरकारले संकलन गर्न सफल भएकाले आगामी आर्थिक बर्षको वजेट २५ प्रतिशतसम्म आकार बढन सक्ने बताए । प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको थियो ।
मन्त्रालयका अनुसार चालु आर्थिक बर्षका लागि प्रदेश सरकारको आन्तरिक राजस्व तर्फको ३ अर्ब ६६ करोड ८८ लाख ३३ हजार रुपैया संकलन गर्ने अनुमान राखेको थियो । जुन रकम आर्थिक बर्ष सकिदासंम्म संचित कोषमा जम्मा हुने प्रदेश सरकारको अनुमान छ । आठ महिनाको अवधिमा त्यसको ७५ प्रतिशत राजस्व संकलन भईसकेको मन्त्रालयले जनाएको छ । आन्तरिक राजस्व तर्फको घर जग्गा तर्फ १ अर्ब ४ करोड र सवारी साधन कर तर्फ १ अर्ब ४१ करोड रुपैयाँ संकलन हुने अनुमान प्रदेश सरकारको थियो ।संघीय सरकारले वित्तिय समानीकरण अनुदान तर्फ ८ अर्ब १६ करोड ३३ लाख र राजस्व बाडफाँड तर्फ १० अर्ब २७ करोड ९७ लाखको सिलिङ तोकेको छ । प्रदेश सरकारले आन्तरिक श्रोतबाट ४ अर्बजति अनुमान गरेको छ । आगामी आर्थिक बर्षको बजेटमापनि प्रदेश सरकारले भौतिक पूर्वाधारमै बढी बजेट खन्याउँदै योजना अघि सारेको छ । प्रदेश सरकारले आर्थिक बर्षको दोश्रो चौमासिक सकिदासम्म २० प्रतिशत मात्र विकास बजेट खर्च गर्न सकेको छ ।यसलाई वढाएर ६० प्रतिशत पु¥याउने सरकारको लक्ष्य छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top