काठमाडौंमा भारतीय ठगको बिगबिगी !

काठमाडौं, जेठ ६
गतसाता मात्रै होटल याक एण्ड यतीबाट अवैध नेटवर्किङको धन्दा गर्ने १२ भारतीयलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले फेरि ८ भारतीयलाई पक्राउ गरेको छ ।

Advertisement

प्रहरीले नेटवर्किङ व्यवसायमा संलग्न उतरप्रदेश प्रतापगढका ३० वर्षीय महोमद जिया, उत्तरप्रदेशकै ३५ वर्षीय नितिन श्रीवास्वत, कानपुरका ४३ वर्षीय रवि तिवारी, प्रयागराजका ३२ वर्षीय अटल त्रिपाठी, उत्तरप्रदेशका ३० वर्षीय महोमद सेयाफ, कुशीनगरका २९ वर्षीय मरुलएन वारसी, उत्तरप्रदेशका ३२ वर्षीय तेजनारायण शुक्ला र प्रयागराजका ४० वर्षीय राजेशकुमार शुक्लालाई पक्राउ गरेको हो ।

भारतबाट काठमाडौं आई गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालन गरी ठूलो रकम ठगी गरिरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई आइतबार दिउँसो बबरमहल र ठमेलबाट नियन्त्रणमा लिइएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिए ।

Advertisement

उनीहरुको साथबाट ४२ लाख बरामद भएको छ । प्रहरीले बबरमहलबाट पक्राउ परेका ६ भारतीयको साथबाट ८ लाख ५० हजार र ठमेलबाट पक्राउ परेका २ जनाको साथबाट ३३ लाख ५० हजार बरामद गरेको हो ।

साइन ग्रुपको नामबाट संगठित रुपमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने उनीहरुको उद्देश्य रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुले विभिन्न प्रलोभन देखाएर ठग्ने गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top