एजेन्सी, जेड ९
भारतीय लोकसभा चुनावको मतगणना आज बिहानबाट सुरू भएको छ । सात चरणमा सम्पन्न भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार भारतीय जनता पार्टीको गठबन्धनले अग्रता लिएको छ ।
टाइम्स अफ इण्डियाका अनुसार मतगणना सुरू ४३ सिटमध्ये बीजेपी गठबन्धन २४ वटामा अघि छ । भारतीय कंग्रेसको गठबन्धनले १४ सिट ल्याएर उसलाई पछ्याइरहेको छ । अरूले भने ५ सिटमा अग्रता लिएका छन् ।
बिहान सवा आठ बजेदेखी भारतीय लोकसभा चुनावको मतगणना सुरू भएको थियो । अप्रिलदेखि सुरू भएको चुनाव आइतबार सकिएको थियो । चुनाव सकिए लगत्तै भएको मत सर्वेक्षणमा यसपाली पनि भारतीय जनता पार्टीले जित्ने आकलन गरिएको थियो ।