कतार विश्वकप २०२२ मा ३२ टोलीले मात्र प्रतिष्पर्धा गर्ने

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा पुरानै ढाँचा अनुसार ३२ टोलीले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व फुटबल महासंघ फिफाले विश्वकप २०२२ मा ४८ टोली सहभागी गराउने योजना रद्द गरेसँगै विश्वकपमा ३२ टोली मात्रै हुने निश्चित भएको हो । विश्वकपमा ४८ टोली सहभागी गराउने योजना अब २०२६ को विश्वकपबाट मात्रै लागु हुनेछ । कतार विश्वकपमा सहभागि संख्या बढाउँदा खेलस्थल, व्यवस्थापन लगायतको समस्या आउने देखिएपछि तत्कालका लागि योजना होल्ड गरिएको हो । विश्वकपमा सहभागि टोली बढाउँदा कतारले अरबका अन्य छिमेकी मुलुकसँग मिलेर प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता थियो । तर कतारमाथि छिमेकी मुलुकहरु साउदी अरबिया, युएई र बहराईनले नाकाबन्दी लगाईरहेकोले विश्वकपमा सहकार्य अस्वभाविक देखिन्थ्यो । फिफाले अन्य छिमेकीहरु ओमन र कुवेत तत्काल विश्वकप आयोजना गर्न प्राविधिक हिसाबले असमर्थ देख्यो । यसले ९ वर्षदेखि विश्वकपको तयारी गरिरहेको कतारलाई समस्या आउनसक्ने देखिएपछि फिफाले सहज माहोल बनाएको हो । फिफाको निर्णयको स्वागत गर्दै कतारले आफ्नो देशमा हुने विश्वकप ३२ टोली सहभागि विश्वकपमध्ये अहिलेसम्मकै उत्कृष्ट बनाउने दावी गरेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top