जात्रै जात्राको टिम विराटनगरमा, ३ दिनमा ३ करोडको कारोबार

मुलुक भर एक साथ प्रर्दशनमा आएको नेपाली चलचित्र जात्रै जात्राको फिल्म टिम फिल्म प्रमोशनका लागि पुर्वी नेपालको दौडाहामा निस्किएको छ । ३ जेठदेखि फिल्म प्रर्दशनमा आएसगै त्यसको प्रमोशनसगै दर्शकको प्रतिक्रिया बुझन फिल्मको मुख्य कलाकारसहितको टोली पुर्वी नेपाल आएको हो । कार्यकरी निर्माता, रबिनसिंह बानियाँ, निर्देशक प्रदिप भट्टराई,कलाकारहरु वर्षा राउत, विपिन कार्की लगायतका टिम विहिबार विराटनगर आई पुगेको हुन । जात्रै जात्रा फिल्मको टिमले स्थानीय पत्रकारसंग भेटघाट गरी निर्देशका प्रदीप भट्टराईले फिल्म प्रर्दशनमा आएपछि फिल्मको बारेमा पुर्वका दर्शकहरुको प्रतिक्रिया बुझन कलाकारहरुको टिम पुर्वी नेपाल आएको जानकारी गराए ।

सेन्ट्रल मलको सेन्ट्रल मल्टिप्लेक्सका आयोजित पत्रकार भेटघाटमा निर्देशक भट्टराईले नेपाली फिल्म जात्रैजात्रा दर्शकले धेरै रुचाउने फिल्म निर्माण भएको दाबी गरे । फिल्मका कार्यकारी निर्देशक एव कलाकार रबिनसिंह बानियाले प्र्रर्दशन आएको केही दिनमा फिल्मलाई नेपाली दर्शकले मनपराई दिएको प्रतिक्रिया दिए । उनले जात्रैजात्रालाई दर्शकले मन पराएकाले आफुहरु उत्साहित भएको जानकारी दिए ।

‘फिल्म प्रर्दशनमा आएका तिन दिनमा नै करिव ३ करोडको व्यापार गरेको छ,निर्देशक भट्टराईले भने‘यो हाम्रो टिमको लागि सुखद खवर हो,’।हामी उत्साहित छौ’। ‘फिल्म प्रर्दशनमा आएको एक साता नबित्दै फिल्मले राम्रो व्यापार गर्न सफल भएको छ,कार्यकारी निर्देशक बानियाँले भने‘दर्शकले माया र सद्भावले जात्रै जात्राको टिमलाई अर्को फिल्म निर्माणका लागि दर्शकले अनुमोदन गरिसकेका छन । उनले मानिसमा तनाव भएको समयमा तनावलाई थप्ने खालको फिल्म भन्दापनि हसाउँने खालको फिल्म आफुहरुले तयार गरेको जानकारी दिए ।

‘फिल्म हसाउने मात्र संवाद, हाउभाउ र हुलियाबाट मात्र हँसाउने चेष्टा गरिएको छैन,बानियाँले भन्नुभयोे‘बरु परिस्थिती र प्रवृत्तिले स्वभाविक हाँसो पैदा गर्छ । तर, यसले सम्पूर्ण ताकत हँसाउनमा मात्र खर्चिएको छैन । समाजको ति सुक्ष्म र अदृश्य पाटोलाई पनि उँधिनेको छ, जो आफैमा ठट्टाको विषय होइनन् । उनले नेपाली दर्शकले जात्रै जाता फिल्म मन पराएदिएकाले यसले राम्रो व्यापार गरेकोले एक साता नवित्दै फिल्म नाफा गरेका बताए । कलाकार बर्षा राउतले नेपाली कलाकार वलिउड फिल्ममा अभिनयाकालागि जाने भन्दापनि कलिउड फिल्मलाई बलिउड फिल्मको स्तारमा पु¥याउन आवश्य रहेको जानकारी गराइन ।

जात्रैजात्रा फिल्म टिमका अनुसार बुधवार झापाको बिर्तामोड,दमकका दर्शकहरुमा पुगेका थिए । विहिवार विराटनगरसगै सुनसरीको धरान र इटहरीका दर्शक माझ फिल्मको टिम पुग्ने कार्यक्रम रहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top