सगरमाथाको उचाई मापन टोली काठमाडौं फर्कियो

९ जेठ ७६, शुक्रबार

विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली फर्किएको छ । सगरमाथाको उचाई मापनका लागि सगरमाथा पठाएको सरकारी टोली त्यसको सफल मापन गरी बिहीबार काठमाडौं फर्किएको हो । सो टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरी स्वागत गरिन् । उनले टोलीले परम्परागत र आधुनिक दुवै तरिकाबाट सर्वेक्षण गरेको रिर्पोटको आधारमा ६ महिना भित्र सगरमाथाको वास्तविक उचाई प्राप्त हुने पनि स्पष्ट पारिन् । २०७२ सालको भूकम्पपछि सगरमाथाको उचाईमाथि प्रश्न उठाउन थालेपछि सरकारले पहिलो पटक आफ्नै स्रोत र साधनमा नापी विभागमा प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी विभागकै नापी अधिकृत रविन कार्की, विभागका सर्वेभर सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई गत चैत्र २७ गते त्यसतर्फ पठाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना लिएर गएको टोलीलाई मन्त्री अर्यालले सगरमाथाको बेस क्याम्पमा पुगेर विदाई गरेका थिए । सो टोलीले गत जेष्ठ ८ गते बिहान ३ गते सगरमाथाको उचाई चुमी १ घण्टा १६ मिनेट लगाएर सगरमाथाको उचाईको सर्वेक्षण गरेको हो । आरोहण चुनौतिपूर्ण भएपनि प्रधानमन्त्री ओलीको उत्साह र मन्त्री अर्यालको हौसलाका कारण आफूहरुले सगरमाथाको सफल आरोहण गरी त्यसको उचाईको सर्वेक्षण गर्न सफल भईएको टोलीका नेता प्रमुख नापी अधिकृत गौतमले जानकारी दिए । मन्त्री अर्यालले सगरमाथाको उचाईको सर्वेक्षण पहिलो पटक नेपाल आफैले गरेको र त्यसको बास्तविक उचाई टोलीले ल्याएको सर्वेक्षणलाई आवश्यक अनुसन्धान गरेर ६ महिना भित्र सार्वजनिक गर्ने तयारी गरिएको पनि बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top