१० जेठ, विराटनगर
मोरङको बुढीगंगा गाँउपालिकालाई खुल्ला दिसामुक्त गाँउपालिका घोषणा गरिएको छ । १० हजार घरधुरी रहेको प्रत्येक घरमा शौचालय निर्माण गरिसकेपछि गाँउपालिकालाई खुल्ला दिसामुक्त गाँउपालिका घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले यही असार १५ गतेभित्रमा मोरङलाई खुल्ला दिशामुक्त जिल्लाका रुपमा घोषणा गर्ने बताए । कार्यक्रम बुढीगंगा गाँउपालिकालाई खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानुन संशोधन सम्वन्धि विधेयक फिर्तालिनु पर्ने बताए । मोरङको बुढीगंगालाई खुल्ला दिसामुक्त गाँउपालिकाका घोषणा अभियान कार्यक्रममा बोल्दै गच्छदारले यस्तो बताएका हुन । उपसभापति गच्छदारले संसदमा दर्ता गरिएको सुरक्षा परिषद र मानवअधिकार सम्वन्धी विधेयकले लोकतान्त्रिक विधि र संघीयता तथा संसदीय प्रजातन्त्रलाई कमजोर पार्ने हुनाले सरकारले त्यो विधेयक सम्वन्धमा प्रतिपक्षसंग सल्लाह एवम सहमति गरि ल्याउनु पर्नेमा जोड दिए । उनले अहिलेको सरकारले दुई तिहाईको दम्भमा संविधान संवत् काम नसकेको आरोप लगाए । बुढीगंगा गाँउपालिका खुल्ला दिसामुक्त घोषणा सँगै सरसफाईलाई निरन्तरता दिएर गाँउवासीहरु अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । घर, समाज र गाँउ सफा र स्वच्छ भए मात्र हाम्रो देशले सोचे जस्तो प्रगति गर्न सक्ने उनको भनाई थियो । यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले बुढीगंगा गाँउपालिका सभ्यताको बाटोमा अगाडि बढेको बताए ।
बुढीगंगा खुल्ला दिसामुक्त गाँउपालिका घोषणा
९ जेठ ७६, शुक्रबार
भर्खरको समाचार
भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी
नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी
हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?
दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार