प्रहरीले ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ३ जना पाकिस्तानी नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेश थापा क्षेत्रीले भारतीय नक्कली नोट ७ करोड ६७ लाख ९४ हजारसहित पाकिस्तानका नागरिकहरु मोहम्मद अख्तार, नदिया अनवार र नासिर उद्दिनलाई पक्राउ गरिएको जानकारी दिए । त्यसैगरी उनीहरुलाई रिसिभ गर्न विमानस्थल पुगेका नेपाली नागरिक युनिस अन्सारी, उनका साला सुयल खान र गाडी ड्राईभर सुदन रानाभाटलाई पनि प्रहरीले पक्राउ गरी शुक्रबार अपरान्ह महानगरीय प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । निलो र कालो दुई वटा सुटकेशमा राखिएको २ हजार दरका सो परिमाणको भारतीय नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको पनि महानगरीय प्रहरी कार्यालयले जनाएको छ । अन्सारी सहितको नेपाली नागरिकहरुको पनि सो नक्कली भारतीय नोट कारोबारमा संलग्नता देखिएको पनि डिआईजी क्षेत्रीले बताए । अन्सारी यस अघि पनि नक्कली भारतीय नोटको कारोबार तथा लागू औषध कारोबारको अभियोगमा थुनामा परेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
भारतीय नक्कली नोटसहित नेपाली र पाकिस्तानी नागरिक पक्राउ
१० जेठ ७६, शनिबार
भर्खरको समाचार
भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी
नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी
हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?
दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार