विराटनगरका कर्णमाथि अमेरिकामा गोली प्रहार

विराटनगरका कर्णमाथि अमेरिकामा गोली प्रहार

विगत ४ वर्षदेखि अमेरिकामा रहेका विराटनगर रानीका प्रज्वल कर्णमाथि गोली प्रहार भएको छ ।

अमेरिकाको टेक्ससस्थित होस्टनमा एक ग्यास स्टोरमा काम गर्ने कर्णमाथि अपरिचित ब्यक्तिले बिहीबार राति गोली प्रहार गरेको त्याहाको प्रहरीले बताएको अमेरिकामा रहेका कर्णका साथी प्रमोदकृष्ण यादवले जानकारी दिएका छन् । कर्णको टेक्सस स्थित एक अस्पतालमा आइसीयुमा राखेर उपचार भईरहेको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको युनाईटेड नेपाल हेल्प नेटवर्क (युएनएचएन) ले उल्लेख गरेको छ ।

यादवका अनुसार कर्ण काम गर्ने स्टोरमा लुट्ने उद्धेश्यले आएका अपरिचित ब्यक्तिसँगको प्रतिकारमा उनीमाथि गोली प्रहार भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनामा संलग्नको खोजीकार्य जारी राखेको प्रहरीले घटनाको थप अनुशन्धान जारी रहेको बताएको छ ।

सानैमा आमाबाबु गुमाएका कर्ण विराटनगरको रानीमा रहदा एक भाईसहित हजुरआमासँग बस्दै आएका थिए । केही वर्षअगाडि हजुरआमाको पनि मृत्यु भएपछि उनी अभिभावकविहीन बनेका थिए । उनले विराटनगरस्थित स्काई एफमा ५ वर्षसम्म रेडियो प्राविधिकका ?पमा काम गरेका थिए । नेपाल टेलिकममा काम गर्दा गर्दे कर्ण उच्च शिक्षाका लागि अमेरिका गएका थिए । उनका भाई भने अहिले काठमाडौमा अध्ययनरत छन । भाई र काठमाडौमा रहेकी कर्णकी फुपु अहिले प्रज्वलको स्वास्थ्यका विषयमा लगातार सम्पर्कमा रहेको बताईएको छ ।

केही महिना अगाडिदेखि कर्ण एक मेक्सिकन मुलकी अमेरिकी युवतीसँग कोर्ट म्यारिज गरी सँगै बस्दै आएका छन । अमेरिकामा ग्यास स्टोरको काम सुरक्षाका दृष्टिले थप जोखिमपूर्ण मानिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.