बीजेपीको बहुमतपछि मोदीले दिए राजीनामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार राष्ट्रपति रामनाथ कोविन्दसमक्ष राजीनामा दिएका हुन्। मोदीको राजीनामा राष्ट्रपति कोविन्दले स्वीकार गरिसकेको भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।

मोदीले नयाँ प्रधानमन्त्री बन्न प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका हुन्। भारतीय लोकसभा निर्वाचनमा कुल ५४३ सिट मध्ये ३०३ सिट उनको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले जितेको छ । यो नतिजासँग मोदी पुनः पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने भएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो साता उनको शपथ ग्रहण कार्यक्रम छ । केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । नयाँ सरकार नबनेसम्म मोदी नेतृत्वको सरकारले ’काम चलाउ’ सरकार रुपमा काम गर्नेछ । शपथ अगाडि मोदी आफ्नो निर्वाचन क्षेत्र वाराणासी जाने छन । पाँच वर्षअघि भाजपाले २ सय ८२ सिट जितेको थियो। यसपालि भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ ।

पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो। यसपालि १४ सिट बढाएर ३ सय ५० र्पुयाएको छ । कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ । पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ र्पुयाएको छ भने उसको गठबन्धन युपिएले ८५ सिट जितेको छ । लोकसभामा अन्य साना पार्टीले १०७ सिटमा जित हात पारेका छन् ।

Advertisement

भारतमा एक निर्वाचन क्षेत्रको निर्वाचन भने स्थगित भएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top