आफ्नै पार्टीको जागरण अभियानविरुद्ध उभिए डा. कोइराला

१४ जेठ, विराटनगर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले कांग्रेसले कुवेलामा जागरण अभियान ल्याएको बताएका छन्  ।

Advertisement

१२ औ गणतन्त्र दिवस समारोह तथा राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा डा. कोइरालाले कांग्रेसको १४ औं महाधिवेशन सार्न जागरण अभियान ल्याएर अल्मलाउन खोजेको आरोप लगाए । पार्टीलाई एनजीओ र आईएनजिओ जस्तो बनाउने कुचेष्टा नगर्न समेत उहाँले कांग्रेस नेतृत्वलाई चेतावनी दिए । कांग्रेसलाई पुनर्जागरण गर्न समयमै महाधिवेशन गर्नुपर्नेमा उहाँले जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले बेथिति,अहंकार र घमण्डबाट कांग्रेसलाई निकाल्न आबश्यक भएको बताए । जनभावना अनुरूपका एजेन्डा लिएर कांग्रेस अगाडि बढ्नुको बिकल्प नभएको उनको भनाई थियो । बर्तमान सरकार लोकतान्त्रिक मुल्यमान्यता बिपरितका काम गरिरहेकाले सचेत रहन र गलत कामका विरूद्धमा लाग्न पनि उनले आग्रह गरे ।

त्यसैगरी नेपाली कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले कांग्रेसको जागरण अभियानले उर्जा थपेको बताए । कांग्रेस भित्रको बैमनस्यता अन्त्य गर्न सवैले आ आफ्ना ठाउबाट मम भन्ने बेला आएको उनको भनाई थियो । यस्तै बर्तमान सरकारले लोकतन्त्र ,गणतन्त्र माथि एक प्रकारको कु गरिसकेको उनको भनाई थियो । लोकतान्त्रिक मूल्य मान्यता बिपरित बर्तमान सरकार चलिरहेको संग्रौलाको भनाइ थियो ।

Advertisement

कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरूले भने केन्द्रीय तहमै जागरण अभियान आबश्यक रहेको बताएका थिए । कार्यक्रममा बोल्ने अधिकांश कांग्रेस कार्यकर्ताले केन्द्रीय नेतृत्व सच्चिएर संगठन बिस्तारमा लाग्न सुझाव दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top